विष्णुप्रसाद घिमिरे

मानव जीवनका लागी गाँस,बाँस ,कपास, शिक्षा, स्वास्थ्य र मनोरञ्जन यी ६ वटा कुराहरु जति आवश्यकता छन्, त्यसको सहज परिपूर्तिको लागी जीवन बिमाको पनि त्यतिकै आवश्यकता छ । जीवन बिमा अर्थसगँ जोडिएको हुन्छन् । पैसा आर्जन गर्नु मात्र ठुलो कुरा होइन,आर्जन गरेको पैसालाई सदुपयोग गरि सुखमय र आनन्दित जीवन बाँच्नु मह्त्वपूर्ण कुरा हो ।

प्रशस्त पैसा आर्जन गरेर पनि धेरै मानिसहरु खुशी र आनन्दित छैनन् । किनकि तिनीहरुले पैसा कमाउन सके तर त्यसको सदुपयोग गर्ने जानेनन् । तिनले जीवन वृद्धावस्था,देश दुनिया बुझेनन। पैसा प्रशस्त भएर पनि रमाउन नसकेका मानिसहरु थुप्रै छन् । त्यसैले बाल्यावस्था देखि वृद्धावस्था सम्म मानिसको जीवनलाई सुखमय तरिकाले बाँच्न सिकाउने कलाको नाम नै जीवन बिमा हो ।

जीवन विमा थोरै शुल्क तिरेर धेरै रकम माग दावी प्राप्त गर्ने एउटा विश्वासिलो माध्यम हो । यस्तो सुविधा अन्य कुनै क्षेत्रमा पनि उपलब्ध छैन । जता लगानी गयो त्यतै जोखिम उठाउनु पर्ने अवस्थामा ग्यारेण्टीका साथ आर्थिक सुरक्षा प्राप्त हुने क्षेत्र एकमात्र जीवन बीमा हो । जिवन बीमालाई एउटा कोणबाट हेरिनु पर्दछ तब मात्र यसबाट प्राप्त हुने लाभहरु थाहा पाउन सकिन्छ ।

हालसम्म नेपालमा कुल जनसंख्याको ८५ प्रतिसतले मात्र जीवन विमा गरेका छन् । १५ प्रतिसत जनसंख्या बीमा गर्न बाँकी नै छन् । यसरी जनसंख्याको ठुलो भाग जीवन बीमममा गर्न बाँकी रहे पनि यसलाई विस्तृत गर्दै लैजाने कार्यमा केही समस्याहरु पनि छन् । ती निम्नानुसार छन्।

  • १. जीवन बिमाको आवश्यकता र मह्त्व गाउँगाउँमा पुयाउन र बुझाउन नसक्नु।
  • २. आयश्रोतको अभाव हुनु ।
  • ३. मृत्यु दावी भुक्तानीमा झञ्झट र ढिलाई हुुन ।
  • ४. प्रचारप्रसारको कमी आदी ।

माथि उल्लेखित कुराहरुमा आवश्यक सुधार गर्न सकेमा अगामी दिनमा जीवन बिमा गर्नेहरुको संख्याका लागी राष्ट्रिय अर्थतन्त्र समेतमा ठूलो टेवा पुग्न देखिन्छ ।