काठमाडौं -अमेरिकाले आफ्ना नागरिकका लागि एक ट्राभल एडभाइजरी जारी गर्दै भारत–पाकिस्तान सीमा र लाइन अफ कन्ट्रोल आसपास यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकाले विशेष गरी पाकिस्तानका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तहरूमा यात्रा नगर्न भनिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, यो एडभाइजरी आतंकवाद र सशस्त्र संघर्षको जोखिमका कारण जारी गरिएको हो। एडभाइजरीमा भनिएको छ कि ‘हिंस्रक चरमपन्थी समूहहरू पाकिस्तानमा आक्रमण गर्दैछन् र बलुचिस्तान र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू लगातार भइरहेको छ।’
आतंकवादी र चरमपन्थी समूहहरूले बजार, शपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, धार्मिक स्थल र सरकारी संरचनाहरूलाई निशाना बनाइरहेका छन्। अमेरिकी सरकारका अनुसार, स्थानीय सैन्य र प्रहरी प्रशासन पनि यी क्षेत्रहरूमा सुरक्षित छैनन्। यसकारण अमेरिकाले आफ्ना नागरिकलाई यी क्षेत्रहरूको यात्रा नगर्न र सतर्क रहन सल्लाह दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।


0 comment