- वैज्ञानिक नाम –ल्याटिन नाम :Ophiocordyceps Sinensis Berk GH Sung JM Sung Nywet Jones And spatafora
- नेपाली नाम : यार्सागुम्बा
- अन्य नाम : जीवन बुटी
- अंग्रेजी नाम :Chinese Caterpillar Fungus
- वनस्पति परिवार : Clavicipidaceae
१. परिचय
यार्सागुम्बा चीनको पुरातन जडीबुटीय औषधी हो । चीनिया परम्परागत औषधिय पद्धतिमा यसको प्रयोग झण्डै २,००० वर्षदेखि शक्तिवर्धक औषधिको रुपमा प्रयोग गरिदै आएको छ । यसलाई चीनिया लार्भे च्याउ Chines Caterpillar fungus पनि भन्ने गरिन्छ र यसलाई चिनिया भाषामा डोगचोंग झियाकाओ भनिन्छ ,जसको अर्थ वर्षे घाँस र हिउँदे किरा भन्ने हो । त्यस्तै गरी यार्सागुम्बा भन्ने शब्द तिब्बती भाषको यार्साकुन्भु भन्ने शब्दको अपभ्रंश हुन आएकोे छ । तिब्बती भाषामा यार भनेको वर्षा र चा भनेको विरुवा कुन भनेको हिउँद भु भनेको कीरा हो । तसर्थ वर्ष याममा विरुवा वा च्याउ र हिउँदमा कीरा हुने भएकाले यसको नाम यार्चाकुम्भु हुन पुगेको देखिन्छ । यस च्याउलाई ल्याटिन भाषमा ओफियो कोर्डिसेप्स साइनेन्सीस भनेर बोलाइन्छ र यो हेपियलस आरमोरिक्यानस नाम गरेको एक किसिमको हिमाली भेगमा पाईने रातमा उड्ने पुतलीको लार्भालाई आक्रमण गरी उम्रने च्याउ हो । शरद ऋतुको समाप्तितर कोर्डिसेप्स जताको च्याउको विउहरुले Hepialusजातका पुतलीका लार्भालाई आक्रमण गर्दछ र लार्भा हिउँद भरी हिउँ जमेको जमिनमुनि सुस्त अवस्थामा रहन्छ । यस अवधिमा लार्भा किराको भित्री भागमा मसिना मसिना सेता ढुसीहरु फैलिन्छन् । जसलाई कसैले दुधको संज्ञा पनि दिन पुग्दछन् । जब बसन्त अतुको आगमन हुन्छ ,हिउँ पग्लन्छ । यी ढुसीहरुमा फल लाग्ने बेला आउँछ । जुन किराको टाउकोबाट खैरो रगंको च्याउको रुपमा बाहिर निस्कन्छ र बढीमा १ इन्च जति लामो हुन्छ हुन त हालसमम यसरी विभिन्न जातका किराहरमा उम्रने कोर्डिसेप्स जातका च्याउहरु संसारमा ३१० प्रकारका भेटिसकेका छन् । र ती मध्ये तीन वटा मात्र औषधीजन्य गुण भएका प्रमाणित भएका छन् । चीनिया मुलको कोर्डिसेप्स साइनेसिस सबैभन्दा उच्च गुणस्तरीय मानिन्छ ।
यो पुतलीको लार्भाले डोल्पामा स्थानीय भाषामा न्याकुरी र ल्याटिन भाषामा Bistorta macrophylla Polygnum sphaerostachyumभनिने विरुवाको पात खाने गरेको कुरा थाहा हुन आएको छ ।
२. प्रयोग विविध र यसबाट तयार पाएिका अन्य उत्पादनहरु
पेजलर यायो र ली (१९९४) लेThe Chines Caterpillar Fungus नामक आफनो लेखमा सकको प्रयोग विधिबारे उल्लेख गरेका छन् । परम्परागत पद्धति अनुसार यसलाईृ पानीमा उमालेर सो पानी र चियाको रुपमा पिउनु सब भन्दा सजिलो तरिका मध्ये एक हो । अर्को तरिकामा यसलाई केही दिन रक्सीमा डुबाए राखिन्छ र सो रक्सी पिउने गरिन्छ । यसले शरीरको दुखाई कम गराउँदछ । यसलाई तागतको औषधीको रुपमा प्रयोग गर्नको लागी हाँस वा कुखुराको पेटमा राखेर मन्द मन्द आगोमा उमालेर पकाइन्छ र पकाएको मासु खाने गरिन्छ । तर आधुनिक पद्धति अनुसार पुरै यार्सागुम्बालाई मसिनो धुलो हुने गरी पिसेर दुध वा अन्य खानेकुरामा मिसाएर वा जिन्सेङ जस्ता अन्य चाईनिज जडीबुटीहरुको साथमा मिसाएर खाने गरिन्छ । यसको सारतत्व निकाले कुनै टनिक वा जेलिसगं मिसाएर पनि खाने गरिन्छ । त्यस बाहेक हाल चीनमा यसबाट तयार पारिएका विभिन्न उत्पादकनहरु प्नि बजारमा पाईन्छन् । यार्सागुम्बालाई सुगुरको मासु ,भगेँरा, बटाई, चरो, कछुवा, आदिमा पकाएर खाने चलन पनि छ ।
त्यसैगरी झ,हल्पर्न र जोन्स (१९९८) का अनुसारयी मध्ये वागँताई बुजिउ (जन्मजमत राजाको ) शक्तिवर्धक औषधी ), डोङचोङ,जियाकाओ जिउ (हिउँदे कीरा वर्षे विरुवाको झोल ) डोङफाङ शेनकाओ चोङजी पूर्वी (देवताको जडीबुटी चिया ),सिचुवान चोङकाओ फेङवाङ जिङ सिचुवानको लाभ्रे किराको च्याउ र रोयल जेली ) मुख्य छन् । हाल यसबाट विभिन्न पेय पदार्थहरु पनि तयार गरिन्छन् । यी विशेष गरी चीन र कोरियामा लोकप्रिय छन् ।
३. फैलावट
चीनिया मुलको कोडिसेप्स साइनेन्सीस लाई नेपालमा यार्सागुम्वा भन्ने गरिन्छ र यो चीनको गान्सु ,क्वीगंहाई ,सिचुवान ,युनान , प्रशान्तहरु ल्गायत स्वशासित क्षेत्र तिव्वतको फिजाङ प्रान्तमा करिब ४,००० मि. देखी ५,००० मि . सम्म उचाई भएका पहाडहरु पाइन्छ । नेपालमा यो उत्तरी भेगमा डोल्पा, जुम्ला, मुगु , हुम्ला, मुस्ताङ, दार्चुला, बझाङ,रसुवा , आदि जिल्लाहका उच्च पहाडी नाङ्का ,भिरालो वा चौरीला घाँसे मेैदानहरुमा पाइन्छ । बढी संकलन हुने जिल्लाहरुमा हुम्ला र डोल्पा आएँदछन् । औषधीमा प्रयोग हुने अन्य २ खालमा कोर्डिसेप्स मिलिटयमरिस र कोर्डिसेप्स बार्नेसी कोरिया र बेलायतमा पाइने गर्छन् । चीनमा यस्ता ३५ प्रकारका च्याउहरु पाइन्छन् भने कोरियामा ३१ प्रकारका पाइएका छन् । त्यसै गरी नेपालमा हालसम्म तीन प्रकारका पाएका छन् ।
४.उपयोगिता
५/६ वटा यार्सागुम्बालाई हाँसको पेट भित्र रखी मन्द मन्द आगोमा उमालेर यसको रस हाँसको पुरै मासुमा फैलिन्छ र त्यसपछि लगातार ८/१० दिन सम्म हाँसको मासु सेवन गरेमा भोक जगाउने र तागत वृद्धि गराउने उल्लेख गरेका थिए । हालका वर्षहरुमा यसको उपयोगिता बारे निकै खोजी भइरहेको छ । आजकल यो विभिन्न रोगहरुका उपयोग हुने गरेकोे पाइन्छ । लामो विरामी पछि उठेको विरामीलाई तागत बढाउनका लागी यो प्रयोग गरिन्छ भने क्षयरोग, खोकी रक्तअल्पता ,ढाड घुडाँ दुखेमा पनि यो प्रयोग गरिन्छ । यसका साथै मृर्गौला,फोक्सो र कलेजो सम्बन्धी रोगहरुमा पनि प्रयोग गरिन्छ । चीनमा परम्परागत औषधी पद्धति निकै बलियो प्रभावकारी मानिन्छ र धेरैले यसमा विश्वास राख्दछ । यो पद्धतिमा यार्सागुम्वाको प्रशस्त प्रयोग गर्ने गरिन्छ ।
५. यसमा पाइने रसायनिक तत्वहरु
यसमा मुख्य रुपमा कोर्डिसेपिन र कोर्डिसेपिक एसिड जस्ता रासायनिक यौगिकहरु पाएका छन् । त्यस्तै गरी प्रोटिन,स्याक्काराइड्स, स्टेरोल्स न्युक्लियोसाइड्स, mयाटीएसिड भिटामिन बी वान, बी टु, बी सीक्स, र अन्य इनअर्गानिक तत्वहरु समेत गरी सात प्रकारका रसायनिक संरचना भएको ज्ञात भएको छ ।
0 comment