गणतन्त्रको ललिपप चुसीनै रहने हो कि कसो ?

राणालाई ढालेर प्रजातन्त्र आयो भने देश समृद्ध हुने छ भनेर नेपाली जनतालाई ललिपप चुसाइयो । प्रजातन्त्र त आयो नातावाद कृपावाद र राष्ट्रघातले जन्म लियो, कोशि गण्डकी गुम्यो, हात लाग्यो फुस्सा । २०४७ सालमा फेरी प्रजातन्त्र आयो । देशलाई सिंगापुर बनाउने नयाँ ललिपप चुसाइयो । फेरि पनि नातावाद, कृपावाद, भ्रष्ट्रचार र राष्ट्रघात हावी भयो । महाकाली पंचेश्वर गुम्यो । वार्षिक १ खरब २० अरबको महंगो ललिपपमा नेपाली जनता फसे ।  खान राम्ररी नपाएका दरिद्र, च्यासे, चप्पले र खालिखुट्टे नेताहरु नयाँ संभ्रान्त वर्ग बने जनता हेरेको हेरै भए । दोष आफुहरुले लिन चाहेनन अनि गणतन्त्र रुपी अर्को झन गुलियो ललिपप फेरि पनि नेपाली जनतालाई चुसायो । यसले १७ हजार स्वदेशीको ज्यान लियो, ६० लाख विदेशीलाई नागरिकता बाड्यो, करोडौं नेपाली जनतालाई गाँस वाँस कपासको खोजीमा विदेश भौतारिन वाध्य पार्यो, ललिपप चुसाउनेहरुले सात पुस्तालाई पुग्ने गरी मात्रै कमाएनन खरवौ नेपाली रुपैया विदेशी बैंकमा पुराए । जनता भने माछोमाछो भन्दाभन्दै भ्यागुतो पनि नपाउने अवस्थामा पुगे । यस्तो ललिपप चुसाइ जनतालाई आफनो पक्षमा पारी आफनो श्वार्थ पुरा गर्ने अनि देशलाई भडखारोमा पार्ने अभियान अझै सकिएको छैन, पात्रहरु मात्र फरक भएका छन् प्रवृति उस्तै छ भन्ने कुरा चर्चमा हो वा मन्दिरमा वजिरहेको घण्टीले सूचना दिइरहेको छ । 
नेपालमा नेपालीले देशमा भ्रष्ट्राचार भयो, कूशासन भयो भनेर भन्दा पत्याउने भन्दा नपत्याउने धेरै भए ।  तर अमेरिकी राष्ट्रपति ट्रम्पले सहयोगको नाममा गएको रकममा ठगी भएको रहेछ भनेर सहयोग वन्द गर्दा ठगहरुको विचल्ली भएको छ अहिले, पत्याउनै पर्ने भयो अब । सुशासनको नाममा कूशासन भएको रहेछ भनेर किटान भएको छ, १३४ नंवरको भ्रष्ट राष्ट्र भनेर नेपाल चिनिएको छ, अव भ्रष्ट राष्ट्रको सूचीमा नेपाललाई दर्जगरी सबै किसिमका ऋण, अनुदान, प्रत्यक्ष विदेशी लगानी रोक्नु पर्दछ भनेर दाता राष्ट्रहरु भन्न लागेका छन् । झनै अगाडि वढेर उनीहरुले नेपाल भन्ने भ्रष्टराष्ट्रमा आफना देशका नागरिकहरुलाई जान रोक लगाए र आफना देशमा भएका कामदार नेपालीहरुलाई नेपाल फर्काइदिए भने राष्ट्रबैकको विदेशी मुद्रा संचिति शून्यमा झर्नेछ ।  ललिपपमा चुसेर देशलाई भीरतर्फ लग्नेहरुको चेतना अझै खुलेको छैन । 
न भारतले सिक्किम खान सक्थ्यो न पाकिस्तान टुक्रेर वाग्लादेश बन्न सक्थ्यो । तर भारतले दुइवटै कुरा गरेर देखाइदियो किनकी  सिक्किमी नेताले ललिपप चुसेर सिक्किम भारतलाई बुझाए, पूर्वि पाकिस्तानी जनताले भारतकै लहैलहैमा लागी देशलाई विखण्डन गरे । विदेशीको लहलहैमा नलाग्ने नेपालमा पनि कोहि छ कि भनेर शिला खोज्नु पर्ने अवस्था दिनपरदिन टढकारो हुदैछ अहिले । यो देशको स्वतन्त्रता कसले जोगाउने भन्ने कुरामा होइन यस देश भारतलाई कसले सुम्पने हो भन्ने कुरामा प्रतिष्पर्धा भइरहेको छ । दिनहु दिल्लीको पाउमा लम्पशार पर्न तछाड मछाड गर्नेहरुको जमातले प्रष्टै पारेको छ ।
देश विकास गर्न तथाकथित प्रजातन्त्रनै चाहिन्छ भन्नेहरु अन्धो हुन । विना तथाकथित प्रजातन्त्र चीनले विकास गरी अमेरिकालाई उछिन्न लागिसक्यो । तर नेपाल भन्ने देश संघीयतामात्रै धान्न पनि ऋण लिइरहनु पर्ने अवस्थामा पुगेको छ विकासको त कुरै नगरौं । एक नेपालीको थाप्लो जन्मदै एक लाखको ऋणको बोझ परिसक्यो । तर पनि यिनीहरु ललिपपको गुलियोमै मस्त छन । अझै ललिपप चुसीनै रहने हो कि कसो ?