अमला 
बुद्धिराज ढकाल

परिचय
अमला पौष्टिक तत्वले भरिपूर्ण र अत्यधिक भिटामिन सी पाइने फल हो ।  यसबाट चटानी ,अचार, तितौरा, सस, मुरब्बा , जेली ,ट्रफी ,पाउडर आदि स्वादिष्ट परिकार बनाईन्छ । अमलाको फल , जरा, ब्रोका विभिन्न किसिमका बिमारीको औषधोपचार गर्न प्रयोग गरिन्छ । हर्रो, बर्रो र अमलाको त्रिफला सेवन गर्नाले धेरै प्रकारका रोग निर्मुल हुन्छन् । अमलाको उद्गम स्थान एसियाको दक्षिण्ी पूर्वी भाग हो । हाम्रो देश नेपालमा जङगली क्षेत्रमा पनि यो फल पाईन्छ ।

जलवायु 
यो उपोष्ण जलवायुमा हुने फल हो तर उष्ण जलवायुमा पनि उत्तिकै सफल छ ,यो एक प्रकारको विषम परिस्थित र सुख्खा सहन सक्ने विरुवा हो ।

माटो
पानीको राम्रो निकास भएको मलिलो दुमट माटो यसको लागी सबैभन्दा उत्तम मानिन्छ ।

जात 
बनारसी चकैया फ्रान्सिस ,कृष्णा र कञ्चनयसका केही मुख्य जातहरु हुन् ।

विरुवा उत्पादन 
बीउ द्धारा उत्पादित विजु विरुवा रुटस्टकको लागी उपयुक्त हुन्छ । इनार्चिङ,बडिङ,शफटुबुड , गा्रफिट ,कटिङ,टप बर्किङ आदि वानस्प्तिक विधिद्धारा विरुवा उत्पादन गरिन्छ । असार महिनामा एकवर्पे विजु विरुवामा शिल्ड गर्दा बढी सफलता पाएको छ ।

विरुवा लगाउने कार्य
दश मिटरको दुरीमा रेखाङ्कन गरी विरुवा लगाइन्छ । विरुवा लगाएपछि गोडमेल,मलजल र बाली संरक्षण्को उचित व्यवस्था मिलाउनु पर्छ ।

मलखाद
सानो विरुवालाई एक डोका र ठूलो विरुवालाई दुई डोका मल बैशाख जेठमा दिनुपर्छ । नाइट्रोजन ३० ग्रामको दरले प्रत्येक वर्ष बढाउँदै १० वर्षे बोटमा ३०० गा्रम नाइट्रोजन दिनुपर्छ । त्यसपछि ७००–९०० ग्राम नाईट्रोजन , १ के.जी सुपरफस्फेट र १ –१.५ के.जी म्युरेट अफ पोटास मल दूई भाग गरी जेठ र असोजमा दिनुपर्छ ।

फूल एवंम् फल लाग्ने क्रम 
विरुवा लगाएको ८ देखि १० वर्षेमा अमला फल्न सुरु गर्छ । अमला चैत बैेशाखमा फुल्छ र फल लाग्छ तर साउन महिनासम्म फल सुषुप्तावस्थामा रहने भएकाले फल बढ्दैन । भदौदेखि फल बढ्न थाल्छ र माघ फाल्गुणमा परिपक्वता हुन्छ ।

कीरा
१. ब्रोक्रा र काण्डमा लाग्ने गभारो ।
यसको रोकथाम आपँमा उल्लेख भएअनुसार गर्नुपर्छ ।
२. शुटगल मेकर 
भदौ देखि असोजमा लाभ्रे किरा डाँठभित्र पस्छ र भित्री भाग खान थाल्छ । यसले आक्रमण गरेको ठाउँमा गाँठो ऐजेरु उत्पन्न हुन्छ । गाँठोको भित्र खोक्रो हुनाले किरा यताउता चल्न सजिलो हुन्छ । यो किराले बोटलाई त्यति नोक्सान नपुयाउने पनि हाँगाको टुप्पोमा लागेमा वृद्धि रोकिन्छ । यसको रोकथाम गर्न गाठो परेको भाग काटेर जलाउनुपर्छ । गाँठोमा प्वाल पारी कीा मार्ने र मटीतेलमा कपासको टुक्रा भिजाई भित्र कोची प्वाल बन्द गरिदिनुपर्छ ।

रोग खिया अमलाको रस्ट 
ढुसी रोगको कारण पात  फलमा खियाजस्तो गाढा खैरो दाग लाग्छ । यसको नियन्त्रण गर्न डाइथेनजेड ७८ दुई गा्रम प्रतिलिटर पानीमा घोले २–३ पटक छर्नुपर्छ ।

बोरन तत्वको कमी
यसको कमी भएमा फलभित्र कालो सडेको भाग देखापर्छ । यो कमी पुरा गर्न सुहाग ०.६% असोजदेखि १५ दिनको फरकमा ३ पटक छर्नुपर्छ ।

फल टिपाइ र उत्पादन 
फल परिपक्वा भएपछि फिका हरियोबाट पहेँलोपन आउँछ । परिपक्वा फल कडा नै रहन्छ र ढुवानीमा कठिनाई पर्दैन । कलमी बोटमा औस्त २०० के.जी फल उत्पादन हुन्छ ।