काठमाडौं - पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ । सशस्त्र समूहले हत्या गर्नुअघि पञ्जाबसँग जोडिएको प्रान्तीय सीमा नजिकै बलुचिस्तान हुँदै राजमार्गमा गुडिरहेको बसको टायरमा पहिला गोली हानी हावा खुस्काइदिएका थिए ।
जब बस रोकियो त्यसपछि बसमा छिरी पञ्जावी समुदायका मानिसहरूलाई पहिचान गरी बसबाट बाहिर निकाली गोली हानी हत्या गरेको एक वरिष्ठ सरकारी अधिकारी सआदत हुसेनले जानकारी दिए ।
उनीहरूलाई लाइनमा उभ्याएर र गोली हानी थियो । उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तमा दशकौंदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसा भइरहेको छ । सशस्त्र समूहले बसमा यात्रारत ती व्यक्ति अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको हुन सक्ने पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाइएका छन् ।


0 comment