धु्रव बहादुर बोगटी

निः सन्तानका लागी रातोच्याउ बरदान ।
चिकित्सा पद्धतिमा आयुर्वेदीय प्रणाली प्राचिन कालदेखि नै अति भरपर्दो  प्रभावकारी मानिदै आएको छ । मानव जातिको उत्पत्तिसगँ प्राकृतिक जीवनशैलीको  उपक्रममा स्वास्थ्य रक्षाको लागी औषधी निर्माण तथा उपचार प्रक्रियामा प्रकृति प्रदत्त सम्पदा तथा श्रोतलाई नै उपभोगमा ल्याइने प्रचलन थियो । स्वस्थ  शारीरिक तन्दुरुस्तीका लागी प्रकृतिभित्र पाइने औषधीय गुण भएका हजारौँ किसिमका विविध जडीबुटी हाम्रा मूल्यवान सम्पदा हुन् । प्रकृतिभित्र पाइने विविध प्रजातिका औषधीय तथा पोषणयुक्त्त तत्व भएका उच्चस्तरका मुल्यावान सम्पदामा रातो च्याउ पनि पर्दछ । मानव स्वास्थ्य रक्षाका लागी मानव जातिलाई प्रकृतिकको उपहारको रुपमा लिइने यही च्याउ गा्रमीण क्षेत्रमा हाम्रो घरवरिपरि जङगलमा सुकेका काठ तथा सुकेका पातपतिङगार थुप्राहरुमा पाइन्छन् । यस्तो मुल्यवान सम्पदा आवश्यक अनुसन्धान संरक्षण उपयोग तथा व्यावसायिक खेतीको अभावमा त्यत्तिकै खेरे गइरहेको छ ।
रातोच्याउको सम्बन्धमा गहिरो अध्ययन तथा अनुसन्धान गर्नु भएका मलेसियाका डा.लिम सिउ जीनद्धारा लिखित रातोच्याउ नामक पुस्तक मार्फत यसको महिमा र उपयोगिता बारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको छ । रातो च्याउ गानोदर्मा र मानव स्वास्थ्यका सम्बन्धी करिब १० वर्षको अध्ययन पछि यसमा औषधीयुक्त्त गुण तथा पौष्टिक तत्व भएको खाद्यान्नले भरपुरु सम्पदा हो भन्ने तथ्य अध्ययनले पत्ता लगाएको हो । 

औषधीय गुण तथा महत्व
रातोच्याउ मानव जातिले नियमित रुपमा सेवन गरेमा स्वस्थ,तन्दुरुस्त तथा आयु लामो हुने खोजकर्ताले पत्ता लगाएका छन् । मलेसियाका अनुसन्धानकर्ता  डा. लिम सिउ जीनले आफनो रातोच्याउ नामक पुस्तकमा भनेका छन् । जापान  डा. शिगेरु पुजिकाले गरेको क्लिनिकल अध्ययनमा गरिएको उपचार तथा अनुभवमा अति उपयोगी र औषधीको काम गर्ने चमत्कारी तथा पौष्टिक बस्तुको रुपमा रातोच्याउको उपयोगले रगतमा भएको चिल्लो ,बोसो तथा कोलेस्ट्रोल घटाउँछ । मानव शरीरका अङग, प्रत्यङग, नसा लगायतका अङगलाई जथाभावी रुपमा बढ्न शरीरमा भएको प्रतिरक्षा प्रणालीको स्थितिमा सुधार ल्याई रोगका किटाणुलाई नष्ट गरी प्राकृतिक प्रणालीको स्थितिमा सुधार ल्याई रोगका किटाणुलाई नष्ट गरी प्राकृतिक प्रणाली अनुरुप शरीरका सबै अङलाई तन्दुरुस्त राखी अस्वस्थ हुनबाट बचाउने गर्दछ । शरीरमा तन्तुहरुको अस्वाभाविक घटबढ हुन नदिने । रगतको रातो र सेतो सेल्स मेम्ब्रेनलाई स्वस्थ  सफा राखी सामान्य बनाई राख्न सघाउ पुयाउँछ । दिमागी शक्ति बढाउने ,शरीरमा क्यान्सर सेललाई बढ्न नदिने ,दुखाइलाई कम गर्ने तथा सधैँ स्फूर्ति राख्ने ,साइड इफेक्ट नहुने जस्ता गुणहरु रातोच्याउमा रहेको अनुसन्धानकर्ताहरुले उल्लेख गेका छन् । नेपालमा भने यसको अध्ययन अनुसन्धान नभएकाले यसको स्थिति र महत्वबारे चिकित्सा पद्धति अनुरुप कुनै किसिमको सिफारिस हुन सकेको छैन ।