काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि आवेदन खुलाएको छ।

शनिबार जारी गरिएको सूचनामा क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता प्राप्त तथा कम्तीमा ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ।

एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार हुनुपर्ने शर्त पनि राखिएको छ। आवेदन दिने अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ।

भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनको सम्झौता नवीकरण गरिएको थिएन। 

पुनः नवीकरणमा नपरे पनि उनले  नेपाली क्रिकेट टिम र क्रिकेटको सफलताको कामना गरेका थिए । उनकै प्रशिक्षणको अवधिमा नै नेपाली क्रिकेटले राम्राे प्रस्तुति देखाउन सफल भएको हो ।