डा. त्रिलोक्यनाथ श्रेष्ठ

१.परिचय 

गाजर एक प्रकारको जरेवाली हो ,जुन पहेँलो या सुन्तला रङको हुन्छ । यसको खाने भाग मुलाको जस्तै जरा नै हो । यसमा भिटाजिम ए बढी हुन्छ, त्यसैे यसको प्रयोगले रतन्धो हुनुबाट बचाउँछ । यसको खेती प्राय जसो हिउँदको समयमा काठमाडौँ उपत्यकामा कृषकहले बढी गर्दछन् । नेपालका अरु जिल्लाहरुमा यसको प्रयोग अति कम छ । बेमौसममा उत्पादन गरी यसको निर्यात छिमेकी देश भारतको उत्तरवर्ती शहरमा निकासी संभावना बढी छ काठमाडौं जस्तो हावापानी भएको स्थानमा यसको खेती सालभर नै उत्पादन हुन्छ ।

२. प्रयोग

गाजर हाम्रो देशमा काँचो नै खाने चलन छ ।
यसको भुजुरी बनाएर हलुवा खान मिठो हुन्छ ।
अन्य तरकारी सगँ पकाएर पनि खाने गर्दछन् ।
काउली मुला खुर्सानी सगँ अमिल्याएर अचारमा प्रयोग हुन्छ ।
होटेल रेस्टँुराहरुमा गाजर प्राय जसो सलादको रुपमा प्रयोग हुन्छ । 
चामलको पुलाउमा विशेष आर्कषणको लागी यसको मसिनो टुक्राहरु प्रयोग हुन्छ ।

३. जातहरु 

नेपालमा धेरै प्रचलनमा आएका जातहरु अलीर्, नान्टेस, र न्युकुरोडा जातहरु ह्न् । गाजको बीउ नेपालमा नै उत्पादन हुन्छ । खास गरी जुम्ला क्षेत्रमा विशेष उत्पादन कार्यक्रम अन्तर्गत हावापानी सुहाउँदो भएकाले उत्पादन भईरहेको छ । अरु क्षेत्रहरुमा पनि उसको बीउ उत्पादन  हुन्छ ।

४. हावापानी 

गाजरको लागी उचित तापक्रम ५ डिग्री देखि ३० डिग्री से. हो ।
बीउ उम्रन २० डिग्री से. देखि ३० डिग्री से.आवश्यक पर्छ ।
१५ डिग्री देखि २० डिग्री से. उचित तापक्रममा खाने जरा वृद्धि राम्रो हुन्छ ।
धेरै चिसो स्थानमा यसको वृद्धि कम हुन्छ तर खाने जरा धेरै गर्मीमा परे हरियो हुन थाल्छ ।

५. माटो

बलौटे दोमट मलिलो माटोमा यसको खेती राम्रो फस्टाउँछ । कडा माटोमा वृद्धि कम हुन्छ ।

६. लगाउने भित्रयाउने समय

यो मध्यवर्ती पहाडको ५०० –१५०० मिटर उचाईमा हुन्छ । यो श्रावण देखि भाद्र सम्म लगाउनुपर्दछ ।

७ .जमिनको तयारी

गाजर लगाउन हावापानी माटो र मौसम अनुसार जमिनको तयारी गर्नुपर्दछ ।
गाजर खेती बलौटे मलिलो प्राङगारिक पदार्थ भएको माटो उपयुक्त हुन्छ ।
जमिन तयारी गर्दा खन्ने या जोत्ने जमिनको डल्लाहरु फुटाउने ।
मलखाद निम्नानुसार प्रति रोपनी राख्ने 
पाकेको गोवर मल – १००० देखि १५०० किलो
नाइट्रोजन – ५ किलो 
फस्फोरस – ५ किलो 
पोटास् – ५ किलो
१ मिटर चौडाई करिब १० देखि १२ से.मि अग्लो ड्याङ बनाउने ।
मल राखे पछि एक पटक खन्ने यसबाट माटोमा मल राम्ररी मिसिने हुन्छ ।
झारपात ढुङगा या काठको टुक्रा जराको ठुटाहरु हटाउने ।
एक पटक फेरी चुच्चे कुटोले ड्याङमा खन्ने र हातको सहायताले ड्याङ सम्म पार्ने र माटो भुरभुराउदो हुन्छ । जमिन बीउ लगाउन तयार हुन्छ ।

८. बीउ लगाउने तरिका

गाजरको बीउ हलुका हुन्छ ।
बीउ रोप्नको लागी तयार भएको ड्याङमा चुच्चो कुटो या सानो लठीको सहायताले १५ से.मि को दुीमा करिब २ से.मि गहिरो धर्सो कोर्न ।
करिब ३ देखि ५ से.मि को दुरीमा धर्साहरु बनाउने र बीउहरु खसाल्ने ,सुकेको बालुवा बीउमा मिसाएर लगाउदा बीउ एकै स्थानमा धेरै खस्दैन र बाक्लो नहुने हुन्छ ।
बीउ रोपे पछि ड्याङमा हातले सम्म पार्ने या सुकेको बालुवाले छोपी दिनाले बीउ उम्रन सजिलो हुन्५ ।
सम्भव भए पराल या खरको छापो दिने ।
छापो दिए पछि माथिबाट सिचांइ गर्ने ।
यदि बढी वर्षा हुने समयमा बीउ लगाएको छ भने प्लाष्टिकको सुरुङ टनेला बनाउने ।

९. बालीको हेरचाह रेखदेख

मौसम अनुसार बाली विरुवाहरु छिटो र ढिलो बढ्ने भएकाले गोडमेल सिचाई झारपात निकाल्ने गर्नु पर्दछ ।
करिब २० देखि २५ दिनमा झारपातहरु आएको हटाउने ।
चुच्चे कुटाको सहाराले बोटको बरिपरि गोडमेल गर्ने माटो चलाउने ।
नाइट्रोजन र फोस्फोरस २ किलो प्रति रोपनीको दरले ३० देखि ४५ दिनको फरकमा राख्ने ।
मल हाले पछि सिचाई गर्ने अन्यथा बेर्ना मर्ने सम्भावना हुन्छ ।
झारपातहरु ४० देखि ४५ दिनमा फेरी उखाल्ने ।
एक ैस्थानमा धेरै बीउहरु उम्रेको भए एउटा उम्रेको राखी उखाल्ने यसबाट बाकीँ विरुवा राम्रो हुर्कन्छ । विरुवाको दरी ८ देखि १० से.मि को कायम गर्ने ।

१०. बाली संरक्षण

एकिकृत बाली शत्रुको व्यवस्थापन तरिका अपनाउने ।
धनीयाको गन्ध किराहरुले मन पराउने खालको छ ,त्यसैले बालीको बीचमा धनिँया लगाई किरा कम गर्ने सकिन्छ ।
किटनाशक औषधीको प्रयोग सम्भव भएसम्म नगर्नु उचित हुन्छ । 
पातमा किराहरु देखा परे हातले टिपी नाश गर्ने ।
रोग लागेको पात टिपी हटाउने ।
खरानी नीमको पातको झोल छर्कने ।
किटनाश औषधी माटोमा प्रयोग गर्ने ।

११ .बाली भित्रयाउने समय

गाजर बीउ रोपेको ६० देखि ७५ दिनमा खान लायक हुन्छ, तसर्थ बजार को माग अनुसार गाजर निकाल्दै गरे हुन्छ । गाजर निकाल्दा बाक्लो भएको स्थानमा निकाल्न सुरु गरे बाकीँ रहेको बढेन मद्धत गर्छ ।
११० देखि १२० दिनमा टिपी सक्नु पर्छ ,अन्यथा काठ पसेको हुन्छ ।

१२. बजारको लागी तयारी

गाजर खेतबारीबाट निकालेर ल्याएपछि छायामा राख्ने ।
एकै नासको जरा भएको गाजर छुटै राख्ने र सानो जराहरु हटाउने । 
छनौट गरेका गाजर पानीले पखाल्दा सफा देखिन्छ र बजारमा विक्रीको लागी तयार हुन्छ ।
जराको पातहरु पुरानो रोग लागेको छ भने हटाउने ।
गाजरको जराहरु बाङा्टिङगो ,फुटेको ,सानो या काठ पसेको बजार विक्रीका नलैजाने ।
बजार विक्रीको लागी लैजान डोको, खर्पन, टोकरी उपयुक्त हुन्छ । पात बाटेर बिक्री गर्ने हो भने जुटको बोरामा पनि प्याक गरे हुन्छ । हलुका पानी छर्कनाले ओइलीने कम हुन्छ ।
बजारमा समस्या भए हलुका पानी छर्कने र चिसो कोठामा राख्दा केही दिन बढी सुरक्षित राख्न सकिन्छ ।

१३. उत्पादन 

गाजरको उत्पादन प्रति रोपनी ६०० देखि १००० किलो सम्म हुन्छ । मलखादको उचित परिमाण राखी व्यवस्थापन राम्रो गरे यसको उत्पादन दुई देखि तिन मेट्रिक टन उत्पादन हुन्छ ।
उच्च पहाडी क्षेत्रमा लगाएको बाली छ भने बारीमा नै सुरक्षित राखी बजारको माग अनुसार बिक्री गर्न सकिन्छ ।