अबिरले ओतपोत गणेशमानलाई पहिलो पटक मैले इन्द्रचोकमा देखेको हुँ । श्री ५ त्रिभुवन नेपाल फर्कने र राणा काङग्रेस संयुक्त सरकार गठन गर्ने सम्झौता २००७ साल माघमा दिल्लीमा भएपछि राजद्रोही बन्दीका रुपमा रहेका गणेश मानजी काठमाडौँ सहरको परिक्रमा गर्दै थिए । बाटोमा लामबद्ध भई उभिएका हामी दर्शक जनता थपडी बजाउदै उनलाई अभिवादन गर्दै थियो ।

२००७ सालको राजनितिक परिर्वतन पश्चात पटक पटक गणेशमान मन्त्री बने । अर्थ सचिवमा म २०१२ सालसम्म रहैँ । पहिलो ३ बजेटको तर्जुमा गर्ने क्रममा अर्थसचिवको हैसियतमा उनीसगँ मेरो लगातार सम्पर्क रहयो । मैले उनीलाई खरो स्वभाव र दृढ विचारमा मन्त्रीको रुपमा पाएँ । रकमी कुरा गर्ने मेरो स्वभाव नभएकाले उनीसग अन्तरक्रिया गर्न अरु नोकर शाहलाई जस्तै मलाई गाह्रो परेन ।

२०१३ सालमा म नेपाल राष्ट्र बैँकको गभर्नरमा नियुक्त भए । सुरुमा बैकको केन्द्रिय कार्यालय हालको विशालबजार अगाडिको एउटा घरमा थियो । अपराहन दुई तीन बजे तिर आफना केही कार्यकर्ताका साथ जोगिला कुराकानी गर्दै त्यही बाटो भएर गणेशमान काङग्रेसको कार्यालय जाने गर्थे । नेपाली काङग्रेस वर्षोसत्ता बाहिर भए पनि उनको राजनितिक जोशमा कुनै कमी आएको थिएन । उनले सडकमा हिड्दै गरेका कुराकानी मेरो कार्यकक्षसम्म पनि सुनिन्थ्यो । उनको स्वरलाई म प्रस्ष्ट ठम्याउँथे ।

२०१५ सालको आमनिर्वाचन पश्चात बनेको नेपाली काङग्रेसको सरकारमा गणेशमान यातायत मन्त्री भए । उनकै कार्यकालमा शाही नेपाल बायुसेवा निगमले काठमाडौँ दिल्ली उडान सुरु भयो । निगमको संचालक भएकोले उनका साथ म पनि पहिलो उडानमा सम्मिलित थिएँ । हवाइजहाजमा सगैँ रहँदा र दिल्लीमा बस्दा उनीसगँ निकै हिमचिम बढ्यो । बाहिर उनी जति खरो देखिन्थे भित्र त्यतिकै कोमलदायी पाएँ । साथै बेलाबेलामा ख्याल ठट्टा गरी रमाइलो गर्ने उनको स्वभावसगँ पनि म परिचित भएँ ।

२०१७ सालको राजनितिक घटनापछि म संयुक्त राष्ट्रसघंको सेवामा २४ वर्षजति विदेश थिएँ । त्यही काँलक्रममा वि.पी र सुवर्ण जस्तो मैले मानेका काङग्रेसी नेताहरुको स्वर्गवास भयो । सेवानिवृत्त भई २०४४ सालमा स्वदेश फर्कदा मेरा परिचयका नेपाली काङग्रेसका शाीर्षस्थ नेताहरुमा मात्र गणेशमानसिंह र कशिुनजी क्रियाशिल थिए । गणेशमान दृढ तथा साहसिलो नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भयो । नेपालमा प्रजातान्त्रिक प्रणालीको पुनर्वहाली भयो । सबैले जनआन्दोलनका सर्वमान्य कमान्डर गणेशमान नै प्रधानमन्त्री हुनेछन् । भन्ने विश्वास गरेका थिए । तर प्रधानमन्त्री बन्ने प्रस्तावलाई स्विकार नगरी सत्तामोहमुक्त जननेताको रुपमा रही नेपालको आर्थिक सामाजिक विकासमा समर्पित हुने उदाहरणीय त्यागी र दुरदर्शी चरित्र उनले प्रदर्शित गरे ।

त्यसपछि नेपालको गाथा दुर्भाग्य रहयो । राजनितिक क्रान्तिसफल भयो र अब आर्थिक क्रान्ति ल्याउनुपर्छ भन्ने गणेशमानको आग्रह अरण्यरोदन मात्र हुन गयो । सत्तामा रहने हतकन्डामा निरन्तर संग्लन र व्यक्तिगत स्वार्थमा लिप्त राजनेताहरुले गणेशमानको दुरदर्शितालाई भाप्नँ सकेनन्। परिमाण स्परुप माओवादी जस्ता समतामूलक आर्थिक तथा सामाजिक व्यवस्था चाहनेर कालान्तरमा त्यसका लागी बन्दुकी बाटो अपनाउने राजनितिक दल क्रियाशील हुदै जानु अवश्यम्भावी हुन गयो ।

गणेशमान जीवित भएको भए माओवादी गगिविधि यति फराकिलो हुने थिएन प्रजातान्त्रिक सङग्रामका सर्वमान्य कमान्डर ,दुरदर्शी लौह कोमल व्यक्तित्व ,सिद्धान्त न्यायका लगाी कठोर तथा विपन्वर्ग प्रति अत्यन्त दयालु गणेशमानको वृतान्त नेपालको इतिहासमा स्वर्णक्षरमा लेखिनुपर्छ ।