काठमाडौं - मणिपुरमा २१ महिनादेखि जारी जातीय हिंसापछि मुख्यमन्त्री एन बिरेन सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सोमबार (आज) देखि सुरु हुने विधानसभाको बजेट अधिवेशनमा वीरेन सिंह विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिएको थियो। तर, अविश्वास प्रस्ताव आउनुभन्दा अगाडि नै बिरेन सिंहले अचानक राजीनामा दिएपछि यसले राजनीतिक वृत्तमा धेरै प्रश्नहरू उठाएको छ।
मुख्यमन्त्री परिवर्तनलाई लिएर भाजपाका केही वरिष्ठ विधायकहरूले दिल्ली गएर केन्द्रीय नेतृत्वसमक्ष धेरै पटक माग राखेका थिए।
बीरेन सिंहले मिडियासामु आफ्नो सरकारले राज्यमा शान्ति पुनर्स्थापित गर्न प्रयास गरिरहेको र कानून व्यवस्थाको स्थितिमा निरन्तर सुधार भइरहेको दाबी गर्दै आएका थिए।


0 comment