डा.त्रिलोक्य नाथ श्रेष्ठ
१.परिचय
तिते करेला तितो स्वाद हुने लहेर बाली हो । यसको स्वाद तितो भए पनि उच्च रक्त्त चाप र चिनी रोगको कम हुने भएकाले यसको प्रयोग बढी हुन थालेको छ । तिते करेलालाई करेला मात्र पनि भन्छन् । यसको खेती गर्मी मौसम र वर्षदमा पहाड तथा तराईमा हुने गर्छ । आज भोलि उन्नत तथा वर्णशंकर जात र प्रविधिको विकासले अगौटे पछौटे र बेमौसमीमा पनि उत्पादन हुन थालेको छ । नेपालको हावापानी अनुसार विशेष खेती गर्न सक्ने स्थानको छनौट गरी सालभर करेला उत्पादन गरेर बजारमा उपलब्ध गराउन सकिन्छ ।
२. प्रयोग
तिते करेला विभिन्न रुपमा प्रयोग हुन्छ । करेलालाई गोलो रुपमा काटेर या मसिनो चाना बनाए तेलमा तारेर खाने गरिन्छ । यसो गर्दा यसको तितो पनि हटेर जान्छ । तारे पछि नुन मसला राख्ने गर्दछ या गोलभेडा काटेर पकाई पनि खाने गर्दछ । यसलाई २ देखि ३ मिनेट तातो पानीमा बफाई नुन मोलेमा पनि तितोपना कम हुन्छ । करेला काँचो पिढेर चोक्टा बनाएर निचोरेदेखि तितो कम हुन्छ, यसलाई आवश्यक मरमसला राखी खाने पनि गर्दछ । कसैकसैले उच्च रगत चाप गर्न यसको रस पनि पिउने गर्दछन् । करेला अरु तरकारीसगँ मिलाएर अमिल्याए राखे पछि अचारकोे रुपमा खानमा प्रयोग हुन्छ ।
यसलाई आलु केराउसगँ अमिलो मिसाएर पनि अचार बनाई खाने गरिन्छ । करेला अरु तरकारीसगँ टुक्रा पारी मिसाएर तरकारीको रुपमा प्रयोग गरिन्छ ।
३. जातहरु
कोयम्वटुर सेतो , महेको ग्रीन, जैनपुरी, फाइजावादी, झल्लारी ।
स्थानीय सानो जातहरु ।
४. हावापानी
करेला गर्मी हावापानीमा बाली राम्रो फस्टाउँछ ,तुसारो खप्न नसक्ने हुन्छ ।
तापक्रम १८ डिग्री से. २४ डिग्री से धेरै उपयुक्त हुन्छ तर १०डिग्री से.देखि ३० डिग्री से.तापक्रममा खेती गर्न सकिन्छ ।
वर्षादको समयमा यसको खेती भए पनि जमिनमा पानी नजम्ने हुनु ।
५. लगाउने समय र भित्रयाउने समय
मध्यवर्ती पहाड ५००-८०० मिटर मा बिउ सिधै प्लाष्टिकको सुरुङ बनाएको जमिनमा मार्गको दोस्रो हप्तामा लगाउने र फाल्गुण देखि फल फल्छ ।
तराई क्षेत्र बेशीमा पनि प्लाष्टिकको सुरुङगमा सिधै बीउ लगाउने र उत्पादन फाल्गुण देखी सुरु हुन्छ ।
प्लाष्टिकको सुरुङमा नै फल उत्पदन गर्न परालको छापो अनिवार्य रुपले दिनु पर्दछ ।
६. लगाउने दुरी
एक ड्याङ देखि अर्को ड्याङ १ देखि १.५ मिटर ।
एक देखि अर्को बोट ६० से.मि ७५ सेन्टिमिटर ।
७. नर्सरी
करेला असार श्रावणमा भन्दा अगाडि चैत्र बैशाखमा याने अगौटे रुपमा बजारमा उपलबध गराउन बढी भाउ पाइन्छ । त्यसैले बेर्नाहरु प्लाष्टिक प्रयोग गरी उत्पादन गर्न उचित हुन्छ । पहाडी क्षेत्रमा मार्गको दोश्रो हीतामा प्लाष्टिक थैलोमा बीउ लगाई प्लाष्टिकको गुम्बजको तरिका यहाँ तल दिएको अनुसार गर्न :
बलौटे माटोमा पाकेको गोबर मल मिसाउने यदि माटो चिम्ट्याइला छ भने माटो बालुवा मिसाउने । यसो गर्नु पर्दा १ः१ः१ दरले मल माटो बालुवा मिसाउने । साधारण बलौटे माटो उपयुक्त हुन्छ ।
मटो र मलको डल्ला फुटाउने र सबै राम्रोसगँ मिसाई जमिन तयार गर्ने ।
माटो ढुङगा, काठको टुक्रा, जाको ठुटाहरु भए हटाउने ।
यदि प्लाष्टिकको थैलीमा बर्ना तयार गर्नु छ भने प्लाष्टिक थैली ५देखि ७ इन्चमा या ६ देखि ८ इन्चको साइजको खरिद गरी फेदमा ४ देखि ८ वटा प्वालहरु पानीको निकासको लागी बनाउने ।
प्लाष्टिकको थैलीमा मल र माटोको मिश्रण भएको भर्ने ।
प्रत्येक थैलीमा दुइ दुई वटा करेला बीउ रोप्ने बीए रोप्दा करिब २ से.मि गहिरो लगाउने र एउटाा स्थानमा मिलाएरु राख्ने ।
बीउ लगाइ सकेपछि माटो भिज्ने गरी पानी दिने ।
प्लाष्टिकको गुम्बजमा रोपेको बीउ हिउँदमा १५ देखि २० दिनमा उम्रन सुरु हुन्छ ।
उम्रेको बर्नाहरुमा पानीको सिचाई गरी फेरी प्लाष्टिकले ढाकेर सुरक्षित राख्ने। यसो गर्दा पौष र माघको दोश्रँो हप्तामा चिसोले बचाउन सकिन्छ । यही बिचमा विरुवाहरु वृद्धि हुदै जान्छन् । कुनै कुनै बोटहरु पौष माघमा सार्ने हो भने प्लाष्टिकको गुम्बज बनाए मात्र सार्नु पर्छ अन्यथा बेर्ना मर्छ ।
नर्सरीको बेर्नाहरुमा नुभाक्रम थाइमेट २ ग्राम प्रति लिटरको दरले छर्कने ।
८. जमिनको तयारी
जमिनको माटो बलौटे मलिलो प्राङगारिक पदार्थ भएको उपयुक्त हुन्छ ।
जमिनको तयारी गर्दा खन्ने ,जोत्ने र माटोको डल्लाहरु फोर्न ।
१ मिटर चौडाई र करिब १० देखि १२ से.मि अग्लो ड्याङ बनाउने ।
पकेको गोवर मल या कम्पोष्ट १००० –१५०० किलो रोपनी दरले राख्ने ।
नाइट्रोजन ५ फोस्फोरस ५ र पोटास ५ किलो प्रति रोपनीको दरले राख्न्े ।
बीउको उपचार २ ग्राम थायरम प्रति किलो को दरले राख्ने ।
माटोमा प्mयुराड्न १ किलो रोपनीको दरमा राख्ने ।
मल राखेपछि खन्ने यसबाट माटोमा मल राम्ररी मिसिने हुन्छ ।
जमिनको बर्ना लगाउन तयार हुन्छ ।
एक पटक फेरी कुटाले ड्याङ खन्ने र हातको सहायताले डयाङ सम्म पार्ने ।
यदि करेला बेर्नाको सट्टा सिधै बीउ लगाउने हो भने तयारी ड्याङमा दुरित्व कायम गर्ने अनुसार एउटा स्थानमा दुई वटाको दरले बिउ रोप्ने बीउ २ देखि ३ से.मि गहिरोमा लगाउने ।
बीउ लगाई सकेपछि माटो भिज्ने गरी सिचाई गर्ने ।
अगौटे या बेमौसमको लागी प्लाष्टिकको गुम्बजले छोप्ने ,जाडो महिना भए गुम्बुजमानै उत्पादन गर्ने ।
९. बेर्ना सार्ने
विरुवा लगाउने स्थानको माटो झिकी खाडल बनाउने ।
तयारी बेर्नाहरु प्लाष्टिक थैलीबबाट निकाल्ने ,बेर्ना निकाल्दा थैलाको एक छेउबाट चक्कुले काट्ने र माटोको डल्लो समेत नफुटाई खाडलमा लगाउने ।
बेर्नाको वरिपरि माटो थप्ने र हातले विस्तारै थिच्ने ।
बेर्ना लगाएको स्थानमा वरिपरि छापो दिने ।
माटोमा चिस्यान कायम गर्ने सिचाई गर्ने ।
प्रत्येक बोटमा सम्भव भए २० देखि २५ से.मि लामो एउटा किल्ला विरुवालाई सिधा पार्ने थाक्रा दिने ।
बेर्नाहरुलाई प्लाष्टिकको सहायताले गुम्वज बनाई चिसोबाट बचाई राख्ने ।
१० . बालीको हेरचाह
मौसम अनुसारको करिब २० देखि २५ दिनमा झारपातहरु आएको हटाउने ।
फाल्गुणमा करिव २ मिटर अग्लो झिक्रा भएको बाँसको थाक्रा दिने अथवा २ मिटर अग्लो मचान बनाउने, टाँड बनाएपछि बाँस या रुखको हाँगाको झिक्रा राख्ने.
चुच्चे कुटोको सहाराले बोटको वरिपरी गोडमेल गर्ने ,माटो चलाउने ।
नाइट्रोजन फोस्फोरस २ किलो प्रति रोपनीको दरले बेर्ना सारेको ३० देखि ४५ दिनमा र ६० देखि ७५ दिनमाफेरि उक्त परिमाण राख्ने ।
माटोमा चिस्यान कायम राख्न सिचाई गर्ने ।
११ बाली संरक्षण
करेलामा लाग्ने किराहरु फल कुहाउने झिगा, खपटे किरा, सुलसुले ,लाही हुन् ।
रोगहरु खरानी रोग, डाउनी ,मिल्ड्यु ,लीफ ,मोजाइक आदिले क्षति पुयाउँछ ।
किटनाश औषधिको प्रयोग सम्भव भएसम्म नगर्नु उचित हुन्छ ।
किटनाश औषधी भरसक मानिसको स्वास्थ्यलाई हानी नहने मात्र प्रयोग गर्ने ।
एकिकृत वाली शत्रुको व्यवस्थापन तरिका अपनाउने ।
पातमा किराहरु देखा परे हातले टिपी नाश गर्ने ।
खरानी,नीमको पातको झोल छर्कने ।
रोगको किराहको प्रकोप बढी भए निम्न तरिका अपनाउने ।
रोग लागेका पातहरु ीटपी हटाउने ।
खपटे लाही , सुलसुले किराको लागी नुभाक्रना या रोगर १ं५ मि.ली प्रति लिटर पानीको झोल बनाई हप्ता हप्तामा छर्कने । सल्फर ३० ग्राम प्रति लिटर उपरोक्त किटनाशकमा मिसाएर छर्कदा सुलसुले किराको साथै खरानी रोग नियन्त्रण हुन्छ । आजभोलि कैराथिन पनि बजारमा पाइन्छ । यसको प्रयोगले डाउनी मील्डयु ,एन्थ्राक्नोज कम हुन्छ ।
लीफ मोजाइक भाईरसका रोग क मगर्न रोग सार्ने किरा नियन्त्रण अपनाउनु पर्छ ।
१२. बाली टिपाई
करेला बिउ रोपेको करिव ७० देखि ८० दिनमा फल टिप्न तयारी हुन्छ । अथवा बेर्ना सारेको ४० देखि ७५ दिनमा फल तयार हुन्छ ।
करेला बिउ कलिलो छदा देखि बीउ छिपेपछि पनि बाहिरको खाने भागमा रेसा पसेको हुदैन ,त्यसैले फलेको १५ देखि २० दिन देखि ४० देखि ४५ दिन सम्म बजारको माँग अनुसना टिपे पनि हुन्छ ।
टिप्दा खेरी फलको भेट्नु समेत टिप्नु पर्छ । फल टिव्ने कैचीको साहाराले फेदमा काट्ने या हातले फल बटारेर पनि टिप्न सकिन्छ । भेट्नु नभएको फलहरु धेरै दिन राख्नु पर्ने भए रोग लाग्ने संभावना हुन्छ । फल टिपे पछि छहारी राख्दै गर्ने ।
१३ . बजारको लागी तयारी
करेला टिप्दा भेटनु समेत टिप्नु पर्छ ।
टिपेको चोट पटक लागेको करेला अलग राखी बाङगो टिङगो परेको करेला बजार नलैजाने ।
संभव भए सम्म एकनासको करेला बजार विक्रीको लागी छुटै् राख्ने ।
बजारको लागी छुट्याएको करेला हावा छिर्ने बाँसको डोको, खर्पन ,टोकरी अथवा प्लास्ष्टिकको टोकरीमा मिलाएर राख्ने । हलुका पानी छर्कने गर्नाले करेला ताजा हुन्छ ।
छोटो दुरीमा लैजाने हो भनी जुटको बोरामा प्याकिङ गर्नै ।
तराईमा साइकल वयलगाडा,ट्रयाक्टर, रिक्सा आदिमा प्रयोग गरिन्छ ।
करेला घाम नलाग्ने चिसो कोठामा भण्डार गरी समय समयमा पानी छर्कनाले केही दिन सुरक्षित राख्न सकिन्छ ।
0 comment