काठमाडौं - मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न खेलमा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २- ० गोलले मच्छिन्द्रलाई निराश बनाएको हो । 

पहिलो हाफको खेल गोलरहित टुङ्गिएकामा खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका शाक्यले फरवार्ड आयुष घलानको पास सदुपयोग गर्दै गोल गरे । 

मच्छिन्द्रले खेलको ८१औँ मिनेटमा अग्रता दोब्बर बनायो । विदेशी खेलाडी स्टेफन कामाहाले रक्षक देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक बललाई हेड गर्दै गोल गरेका हुन् । 

चौबीसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।