काठमाडौं - अमेरिकाले भारतीय आप्रवासीहरुलाई फिर्ता पठाउन सुरु गरेको छ । जस अनुसार अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
पहिलो चरणमा कति संख्यामा फिर्ता ल्याएको छ भन्ने बारेमा केही खुलाइएको छैन।ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो पटक हो।
बीबीसी अनुसार अमृतसरका वासिन्दालाई प्रहरीको गाडीमा राखेर सम्बन्धित ठाउँमा लगिनेछ। भने बाँकी राज्यहरूका मानिसहरूलाई उडानबाट पठाइनेछ। मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति दिइएको छैन ।


0 comment