कम्युनिष्ट समाजवाद कार्ल माक्र्सको कम्युनिष्ट मेनुफेष्टो र दास क्यापिटलबाट अभिप्रेरित देखिन्छ । संसारका सबै कम्युनिष्ट पार्टीहरुले जनवाद समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य राखेका हुन्छन् । नेपालका कम्युनिष्ट पार्टीहरु पनि जनवाद प्राप्त भइसकेकाले अब समाजवादमा छलाङमार्ने भनिरहेका छन । के यो नामको समाजवादी मोर्चाको पनि उद्देश्य त्यही हो त ? यदि त्योसो भए समाजवादमा पुग्न पहिले त चुनावमा दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गर्न सक्नु पर्यो जसरी भेनेजुयलामा ह्युगो चाभेजले गरेका थिए । नेपालका कम्युनिष्ट पार्टीहरुलाई त्यसतो मौका नेपाली जनताले २०७४ को आम निर्वाचनमार्फत दिए पनि । तर तत्कालिन केपी ओली नेतृत्वको झन्डै दुई तिहाई बहुमत नजिकको सरकारले समाजवादको गन्तव्य पहिल्याउन माखो मारेन । पुँजीवादको गाडीमा यात्रा गरेर समाजवदमा पुग्ने कुरा पनि भएन । समाजवादी मोर्चा पनि सत्ताकै लेनदेनका लागि निर्माण भएको हो । खुट्टी देख्दै चिनियो भन्ने भनाई मोर्चामा हुबहु लागू हुन्छ । मोर्चाले समाजवाद प्राप्तिको बाटोसमेत अहिलेसम्म खुट्याउन सकेको छैन । कतिपय पार्टीहरुको त नाम नै समाजवादी रहेको छ । कसैले बैज्ञानिक समाजवादी भनेका छन । मान्छे कर्मले चिनिन्छ एउटै नामका सयौं हुन्छन् भने जस्तै समाजवादी भनिएका कुनै पनि दलहरुसँग समाजवादमा पुग्ने न कुनै खाका छ न कुनै माध्यम । समाजवाद गायत्री मन्त्र त होइन नी जप्यो की पुग्यो ।
समकालिन विश्वमा वृहत्तर मानवीय हितकारी शासन व्यवस्थाको रुपमा समाजवाद चर्चाको शिखरमा छ । समाजवाद एउटा दर्शन र विचारधारा हो । समाजवाद व्यक्तीवाद र पुँजीवादका विरुद्धमा उभिएको सशक्त आन्दोलन हो । समाजवादले राज्यका कार्यका बारेमा समेत आफ्नो निश्चित र प्रष्ट धारणा बनाएको छ । भूमि सम्बन्धी स्वामित्वको सामुदायिक स्वामित्वलाई वर्टेन रसेल समाजवादको सार मान्छन् । अमेरिकी जस्तो पुँजीवादी राष्ट्रले समेत लोककल्याणकारी राज्यको लौरो समाउँदै कैयौ सवालमा समाजवादी कार्यक्रम ल्याउने गरेको छ । समाजवादका अनेकौं भाष्यहरु छन् । आम वहिस्कृत सीमान्तकृतहरुको कल्याण गर्ने भएकोले समाजवाद दुनियाँमा यति धेरै लोकप्रिय भएको हो । यसले व्यक्तीलाई होइन समाजलाई पहिलो प्राथमिकतामा राख्छ । समाजवादमा व्यक्तिगत स्वार्थको गुञ्जायस हुँदैन । त्यसैले सामाजिक हितलाई उच्च मान्छ । नीजि सम्पत्ती भूमि र उत्पादनका साधनमा पुँजीपतिको एकाधिकार अन्त्य गरी समाजको स्वामित्व स्थापित गर्न चाहन्छ । राज्यले जनताको जिवनलाई पुँजीवादी शोषणबाट मुक्त गरी सुखी र समृद्ध पनि जनहित र जनकल्याणका सबै क्रियाकलापहरुमा हस्तक्षेप गर्छ । उद्योगधन्दाहरुको राष्ट्रियकरण उत्पादन वितरण र अर्थतन्त्र चलायमान गर्न सामुदायिक नियन्त्रणको पक्षधरता लिन्छ । अवसर विनाको स्वतन्त्रता होइन अवसरको समानतामा समाजवादले जोड दिन्छ । आर्थिक समानताबिना लोकतन्त्रको कुनै अर्थ हुँदैन भन्ने मान्यता राख्छ समाजवादले । समाजवादले सामाजिक र आर्थिक तत्वमा जोड दिन्छ भने पँुजीवाद व्यक्तिबाट प्रभावित हुन्छ । समाजवादी मोर्चा गठनको मुल उद्देश्य सत्ताका लागि समुहगत प्रयास मात्र देखिन्छ । यसको जन्म पनि त्यही पेरीफेरीमा भएको हो । परिवर्तित राजनीतिक घटना क्रम सँगै मोर्चा सेलाउदै गयो । मोफसलमा समेत संगठन निमार्ण गर्ने समाजवादको आधार तयार गर्ने कालान्तरमा मोर्चालाई एउटै पार्टीको रुप दिने भन्ने नेतृत्व पंक्तीबीच मोर्चा निमार्ण गर्दा नै भद्र सहमति भएको समाचार सञ्चार माध्यमहरुमा त्यत्तीखेरै आएकै हो । तर यतिका समय वितिसक्दा पनि मोर्चा चलायमान किन हुन सकेन ? दुई चार स्थानमा मोर्चासम्बद्ध नेतृत्वले भाषणवाजी गर्दैमा समाजवाद आउने होइन । नाम समाजवाद राख्दैमा त्यो दल समाजवादी हुने होइन । नेपालमा समाजवाद शब्दको फेसन भारतबाट आएको हो । भारतका जयप्रकाश नारायण ड.राममनोदर लोहिध्याहरुले समाजवादी पार्टी निमाणर््ा गरे । नेपाली कांग्रेसले मार्ग निर्देशक सिद्धान्तमा त्यही उनीहरुको समाजवादलाई कपि पेष्ट ग¥यो । २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो । विपी कोइराला नेतृत्वको कांग्रेस सरकारले समाजवादको खाका पेश गर्न सकेन । बरु २०१७ सालको सैन्य कु पछि राजा महेन्द्रले यो समाजवादको धर्सा कोरिदिए । भूमिसुधार योजना लागू गरेर जमिन्दारहरुको जमिनको हदबन्दी तोकिदिए । मोहीयानी हकको व्यवस्था गरे जसले किसानहरुले आफूले कमाई गरेको जमिन्दारको जग्गामा अंिशयारी पाए ।
भूमिहीन (सुकुम्वासी) लाई जंगल फडानी गरेर बसोबासको व्यवस्था गराए सुकुम्बासी आयोग नै बनाए । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस लामो समय सत्तमा रहयो । खुला अर्थतन्त्र र उदारीकरणका नाममा राजा महेन्द्र र विरेन्द्रले मुलुकमा स्थापना गरेका उद्योग कलकारखानाहरु कांग्रेस सरकारले कौडीको मुल्यमा बेचेर मुलुकमा बेरोजगारको भयावह अवस्था सिर्जना गरायो । कांग्रेस कहिलै समाजवादी रहेन । भारतमा समाजवादी पार्टीको प्रभाव उत्तर प्रदेशमा सिमित रह्यो । समाजवादी पार्टी पनि टुक्रियो ।
काशीनाथले बहुजन समाजवादी पार्टीको नेतृत्व गरे । मूलायम सिंहले समाजवादी पार्टीको नेतृत्व गरे । मुलायम सिंह पटकपटक युपीको मुख्यमन्त्री भए । कहाँ ल्याए त्यहाँ समाजवाद ? काशीनाथ वितेपछि मायावती बहुजनकी अध्यक्ष बनिन । उनी पनि युपीकी मुख्य मन्त्री भइन । तर समाजवाद नारामै सिमित रहयो । मुलायम सिंह यादव पछि उनका सुपुत्र अखिलेख यादव युवा वयमै मुख्यमन्त्री भए । समाजवादको नारा उनले चुनाव जिन्तका लागि मात्र उपयोग गरे । युपीका जनताले उनलाई पत्याएनन । कट्टर हिन्दूवादी भारतीय जनता पार्टीलाई त्यहाँका मतदाताले प्रदेशिक सत्ता सुम्पिए । नामले जनताको ईच्छा र आकांक्षलाई सम्बोधन गर्न सकेनन । कम्युनिष्ट नामको पश्चिम बंगालको सत्ता झण्डै ढाई दशकपछि ढल्यो । त्यहाँ तुणमुल कांग्रेसको जगजगी छ अहिले । त्रिपूरामा पनि वाम सत्ता सत्ताच्युत भयो । यी केही छिमेकी मुलुकमा घटेका परिवर्तनका घटनाहरु दृष्टान्त मात्र हुन । उद्देश्य र नाम एउटा अनि काम अर्को भएपछि जनताले कसरी पत्याउँछन ?
0 comment