धुव्र बहादर बोगटी
गानोदर्मा रातोच्याउ जडीबुटीको राजा र मानव जातिहरुका लागी सधैँभरी निरोगी, जवानी र लामो दीर्घायु प्रदान गर्ने महत्वपूर्ण आयुर्वेदिक संजीवनी जडीबुटीको विशेष प्रकारको चमत्कारी र दैवीशक्त्ति भएको उच्च गुणस्तरको पौष्टिक खाद्यान्न पदार्थ हो । यसमा भिटामिन बी ,सी, क्याल्सिम,प्रोटिन कार्वोहाइड्रेड, फस्फोरस, र आइरन , इत्यादी तत्वहरु हुन्छन् । यसलाई जापानिज भाषामा गानोदर्मा ,लुसिडुम र लिन्झी पनि भनिन्छ । गानोदर्मा रातोच्याउको धुलोबाट तयारी भएका क्याप्सुल र अन्य पौष्टिक खानेकुराहरु खान दिएर उपचार गराउने विधिलाई गानोथोपी भनिन्छ ।
हजारौँ हजार वर्ष पहिलादेखि चाइनीज र जापानिजहरुको गानोदर्मा रिषी लाई सबैभन्दा सर्वोत्तम ,उच्च स्तरकँे जडीबुटी औषधी रसंजीवनी जडिबुटी मानी आएका छन् । यसलाइ लामो समयसम्म सेवन गर्दा पनि शरीरमा कुनै प्रकारको साइड इफेक्ट र हानी नोक्सानी नपुयाई सबै प्रकारका रोगहरु र शरीरका दुखाइलाई समेत निको पारेर पुरा शरीरलाई नै नयाँ ,कलिलो ,सुन्दर र जवानी बनाई लामो दीर्घायु प्रदान गर्दछ भनी १६औँ शताब्दीको चाइनिज जडीबुटी विशेषज्ञ डा.लिसी चेनले लेखेको सन नोङस हर्वल क्लासिन किताबमा समेत उल्लेख भएको पाइएको छ ।
यो रातो च्याउ गानोदर्मा लुसिडुम उत्पादन हुदाँ सरुमा यसले कालो , कलेजी,निलो सेतो र पहेँलो विभिन्न रङहरुमा परिर्वतन गर्दै प्रकृतिबाट प्रशस्त मात्रामा अक्सिजन र औषधियतत्वहरु सोसेर लिई ९० दिनमा चम्किलो गाढा रातोरङ र छाला जस्तै दह्रो र साह्रोभएपछि मात्रै परिपक्व पाक्ने हुन्छ अनि टिपेर ल्याइन्छ रअल्ट्रा भोइलेट किरणद्धारा उपचार गरेर शुद्ध पारिन्छ यसो गर्र्दा थेराप्युटिक प्रभाव अझै धेरै बढ्ने हुन जान्छ ।
च्याउ खेतिको सुरुवात
जङगली गानोदर्मा चाइनाको अति विकट र अनकन्टार जंगलमा सुकेको र ढलेको रुखहरुमा वर्षको एक सिजनमा थोरै मात्रामा उम्रिनेर अति दुलर्भ भएकोले यसलाई खोजेर जम्मा गर्न सारै नै कठिनाई भइहेको थियो । यदि कसैले भेटिहालेमा पनि यसको उमेरको कारण र वातावरण प्रदुषणले गर्दा विकारयुक्त्त र गुणस्तरमापनमा पनि कमी हुने भएकाकले ई.स. १९७० मा जापनकाृ क्योटो युनिभसीटि फुड स्टफ साइन्टिफिक रिसर्च इन्टिच्युटका प्राविधिज्ञ श्री युकियो नाओईले भाइरस ब्याक्टेरिया रहित पद्धतिमा गानोदर्माको सफलता पूर्वक खेति गर्ने सरुु गर्नुृ भयो । यो प्रविधि १९७० मा चाइना र जापानमा १९८० मा ताइवानमा र १९८३ बाट मलेसियामा विकास भएको हो त्यस पछि हावा , पानी , माटो , र वातावरणको अवस्थाको कारणले गर्दा यसको खेती गर्ने प्रविधि अन्य धेरै ठाउँमा नक्कल गरिएको हो ।
0 comment