काठमाडौं - महिला टि–२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो पराजय भोगेको छ । नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिए पनि नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो।
नेपालबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । यस्तै सम्झना खड्काले २३, पूजा महतोले १८, कविता जोशीले १४ र सीता राना मगरले १० रन बनाइन् ।नेदरल्यान्ड्सबाट आइरिस विलिङ, क्यारोलिन डि लाङ्गे र हिथर सिगर्सले २–२ तथा इभा लिन्च र इसाबेल भान डेर वोनिङले १–१ विकेट लिए ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि थाइल्यान्डसँग ४ विकेटले हार्न पुगेको थियो । अघिल्लो खेलमा थाइल्यान्डसँग भने ८ विकेटले पराजित भएको थियो ।



0 comment