काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाइ गरेको छ । देसाईको सम्झौता थप नगरेर क्यानले विदाई गरेको हो ।उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएको क्यानले जनाएको छ ।
मोन्टीको कार्यकालमा नै नेपाली क्रिकेट टोलीले थुप्रै सफलता हात पारेको थियो । नेपालले ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो भने उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो ।क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि दिएको छ ।



0 comment