काठमाडौं - काठमाडौंमा आज (बिहीबार)देखि सुरू भएको महिला टी -२० आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् ।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । नेदरल्याण्ड्सले दोस्रो खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।



0 comment