काठमाडौं - एन्फा महिला लिग फुटबलको उपाधिका लागि आज नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् ।
यि दुई विभागीय टोलीको फाइनल खेल दिउँसो दुई बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ ।
एपीएफ पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २- १ ले र पुलिसले पनि दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २- १ ले हराउँदै फाइनलमा पुगेका हुन् ।



0 comment