काठमाडौं - नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई नियुक्त गरेको हो ।
नेपालमा १७-२६ फेब्रुअरीसम्म हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि एन्फाले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको हो । यसैगरी, एन्फाले टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको छ ।
नेपालले पहिलो खेल १७ फेब्रुअरीमा कीर्गिस्तानसँग खेल्नेछ भने २० फेब्रुअरीमा लेबनान र २३ फेब्रुअरीमा म्यानमारको सामना गर्नेछ ।



0 comment