काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि महिला टोलीको घोषणा गरेको छ ।
इन्दु बर्माको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता रानामगर, विन्दु रावल, पूजा महतो, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्का, रुविना क्षेत्री, मनिषा उपाध्याय र रेवती धामी छिन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा यही माघ १७ देखि २५ गतेसम्म हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डका टिम हुनेछन् । नेपालले पहिलो खेल माघ १७ गते नेदरल्यान्ड्स र दोस्रो खेल १९ गते थाइल्यान्डसँग खेल्नेछ । तीन टोलीबिच दुई दुई पटक एक अर्कासँग प्रतिस्पर्धा हुनेछ ।



0 comment