काठमाडौं - नेपाली महिला र पुरुष दुवै टोली भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ।

शनिवार भएको खेलमा  युगाण्डालाई ८९-१८ ले हराउँदै नेपाली महिला टोली अन्तिम दुईमा‌ पुगेको हो ।समूह चरणमा अपराजित रहँदै अघि बढेको नेपाली टोली हिजोको खेलमा इरानलाई  १०३-८ को फराकिलो अन्तरले हराँउदै सेमिफाइनल पुगेको थियो।

नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४,दोस्रो खेलमा जर्मनीलाई ७३-३४,तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको हो ।

त्यसैगरी नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो।

शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले  ४ खेलबाट ६ अंक जोडेको छ ।

फाईनल खेल भोली हुनेछ ।