काठमाडौं - भारतमा जारी खो खो विश्वकप अन्तर्गत आज (शुक्रबार) नेपालका पुरूष र महिला टोलीले क्‍वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै छन्।

महिलातर्फको क्‍वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने छ भने पुरूषतर्फको क्‍वाटरफाइनलमा बङ्गलादेशसँग खेल्ने छ।

नेपाल र इरानको महिला टोलीबीचको क्‍वाटरफाइनल खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ। विजेताले युगाण्डा र न्युजिल्याण्डबीचको विजेतासँग सेमिफाइनल खेल्ने छन्।

त्यसैगरी नेपाल र बङ्गलादेशको पुरूष टोलीबीचको क्‍वाटरफाइनल खेल साँझ ६ बजे सुरु हुनेछ। विजेताले इरान र केन्याबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन्।

नेपालको महिला टोली समूह सी को विजेताका रूपमा क्‍वाटरफाइनलमा पुगेको थियो। 

त्यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेताका रूपमा क्‍वाटरफाइनलमा पुगेको थियो।