काठमाडौं - मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले आज (शुक्रबार) काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।

नेपाली यू- १९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।