संसदीय समितिले काठमाडौंको मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँगको छलफलपछि रङ्गशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो ।
सरकारले आर्थिक वर्ष २०८०- ८१ काे नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरि मूलपानी र कीर्तिपुर रङ्गशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो ।



0 comment