काठमाडौं - एनपीएलको पहिलो संस्करणमा उपाधि चुमेको जनकपुर बोल्ट्सका खेलाडीहरुलाई यतिखेर मधेश प्रदेशमा भव्य स्वागत गरिएको छ ।

यसैक्रममा विजेता जनकपुर बोल्ट्सलाई आज सिरहामा स्वागत गरियो । 

बोल्ट्सका खेलाडी र समर्थकहरुले सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाएका हुन । बोल्ट्सका खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौं समर्थकहरू थिए ।

यसअघि शुक्रबार पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो ।