उपेन्द्र .झा

७३ प्रतिशत जनता कृषिमा आधारित रहेकोले नेपाल कृषि कहलिएको हो । सरकारले पनि यसलाई प्रत्येक पचंवर्षीय योजनमा प्राथमिकता साथ राख्दै आएको हो । उत्पादन वृद्धि लगायतका अनेक अनुसन्धान तथा सुधारात्मक कार्यक्रम संचालनमा आयो । उन्नत बीउविजन उत्पादन , विवरण नयाँ नयाँ जातका धान, मकै लगायतका खाद्यान्न बालीका विउ उत्पादन गरी जनता समक्ष पुयाउने काम पनि भयो । गाउँगाउँमा किसानलाई कृषिको उत्पादन बढाउन जे.टी.ए जेटीको नियुक्ति गरी पठायो ।

कृषि नै मुख्य पेशा रहेकाले किसान आफनै ढंगले प्रतिस्पर्धात्मक खेती गर्न सचेत थियो । कृषि उत्पादनका क्षेत्रमा नेपाल निर्यातक देशको रुपमा नाम पनि कमाएको थियो ।
जनसंख्याको बढ्दो चापमा पनि  नेपाल कृषि उत्पादनको क्षेत्रमा अग्रणी भूमिकामा थियो । मलाइ सम्झना छ २०२५ साल तिरको कुरा हो, गाउँ पारम्परिक कृषि विधीमा आधारित थियो ।  नयाँ कुरा केही थिएन । मंसिररे दर्जनौँ जातका धान उपलब्ध थियो । प्रतिकाष्ठ दुई मन ८० के.जी को औसत आम्दानीमा आधारित कृषि परम्परागत रुपमा चले पनि खाद्यान्न निर्यात देश कहलिन्थ्यो । कृषिलाई नयाँ प्रविधिमा लैजान जे.टीहरु नयाँनयाँ बीउ रासायनिक मलको प्रयोग ,खाद्यान्न वालीका साथ नगदे , बाली कीटनाशक औषधीको प्रयोग बारे किसानहरुलाई जानकारी दिइन्थ्यो । मन्सुली धान त्यहीँ बेला मेरो जिल्लामा भित्रिएको छ । कृषि जनजीवनसगँ जोडिएको हुनाले जेटीएको सल्लाह शत प्रतिशत काम गरेन । ठुला किसानहरु मत्र प्रयोगका लागी केही मात्रामा मन्सुली धानको खेती गर्न स्वीकारे ।

मन्सुली धानको अधिकतम उब्जनी प्रतिकष्ठा ९ मन भनिएके खेतीमा गरेकाहरुले सोही बमोजिमको उब्जनी पाउँदा आउने सालमा मंसिरे धानमा कम्पोष्ट मलको प्रयोग हुन्थयो । धानको उब्जनी प्रतिकष्ठा २ मनको स्थिर दर थियो । मंन्सुली धानको उब्जनीले कृषिमा एउटा क्रान्ति नै भयो । सरकारले कृषिक्षेत्रमा अनुसन्धान गर्दै गयो र किसान सोही बमोजिमको कृषिकार्यबाट मनग्गै आम्दानी लिन थाले । एक दशक नपुग्दै धानको उब्जनी प्रतिकष्ठा २ मनमा झयो । धान ,मकै गहुँ आदिको उब्जनीमा एक्कासी ह्रास आयो । त्यसपछि चार दशक भयो ,प्रतिकाष्ठ २ मनमा स्थिर धानको उब्जनी माथि जान सकेन र जनसंख्या यो चार दशकमा चारगुना वृद्धि भएको छ ।

 कृषिमा घट्दै  गएको उत्पादजका कारणहरुबारे सरकारको अनुसन्धान पनि रोकियो । बजारमा उपलब्ध बीउको प्रयोगले हजारौँ बिघा मकैको घोघामा दाना नलागेको क्षतिपूर्ति सरकारलाई नै तिर्नु परे पनि कृषि उब्जनीमा आएको ह्रासबारे गम्भीर अध्ययन गरी समाधान निकाल्ने क्षेत्रमा सरकारले ध्यानै दिएन । किसानको भाग्यको भरोसामा धानको खेतीलाई छोडि दिएपछि कृषि ह्रासोन्मुख भई अवस्था झन् झन् खस्किदै परनिर्भरताको विकराल पारिस्थितिको सिर्जना गयो ।

क्रमशः