काठमाडौं - चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु- १६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले सङ्कटा क्लबलाई २- १ गोलअन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान एक- एक गोल गरे । त्यस्तै, यता सङ्कटाका लागि भने पेम्बा तामाङले गोल गरे ।
खेलको १५ औँ मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यसपछि खेलको ३० औँ मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’ मार्फत एक गोल गर्दै खेललाई एक- एक गालको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८४औँ सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २- १ को जित दिलाए ।



0 comment