काठमाडौं - नेपाल प्रिमियर लिग एनपिएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाईनल खेलमा जनकपुरले जित निकाल्दै नेपालमा पहिलो पटक भएको एनपिएलको ऐतिहासिक उपाधि हात पारेको हो ।  

जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

१ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्याएको थियो । टोलीका लागि लाहिरु मिलन्थाले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो ।

यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुनपुग्यो ।

एनपिएल विजेता टिमले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।