काठमाडौं - मलेसियामा जारी महिला यु- १९ एसिया कपको ‘सुपर- ४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक- एक अङ्क बाँडेका छन्।

आजको खेलमा नेपालले श्रीलङ्का विरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक- एक अङ्क बाँडेका हुन् ।

यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर- ४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक- एक अङ्क बाँडेका थिए । 

सुपर- ४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले शुक्रबार सुपर- ४ अन्तर्गत बङ्गलादेशको सामना गर्नेछ ।