काठमाडौं - मलेशियाको क्वालालम्पुरमा भइरहेको यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। 

नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

 यो जितसँगै नेपाल अब सेमिफाइनलमा प्रवेश गरेको छ । 

 पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

 नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । ४७ बल सामना गरेकी उनले ३ चौकासमेत प्रहार गरिन् । 

त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाए । 

त्यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो ।।