काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा आज भएको पहिलो खेलमा १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो।

कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङमा पठाएका थिए। उनले तीन रनमात्रै दिँदा कर्णाली ५ रनले विजयी भएको हो।

लुम्बिनीलाई पराजित गरेसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ।