काठमाडौं - कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जितको सुरुवात गरेको छ ।

विपिन शर्माको ३ विकेट बलिङ तथा ब्याटिङमा शिखर धवनको ४५ रनको मद्दतमा कर्णालीले आज चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

कर्णाली यसअघि जनकपुर बोल्ट्सकाठमाण्डौँ गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

यसअघि दुई खेल जितेको चितवनको यो पहिलो हार हो ।