काठमाडौं - एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (युएई) मा जारी पुरुष यु- १९ एसिया कप- २०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ । 

पुरुष यु-१९ एसिया कपका खेलहरू खेलेर नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो । एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो । 

नेपालले मङ्गलबार अफगानिस्तानलाई भने एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो । नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो । 

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली युएई गएको थियो ।