काठमाडौं - एसियाली क्रिकेट काउन्सिल एसिसी अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग  ५ विकेटले पराजित भएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्सको दुबाईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् ।

त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए ।

त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।