काठमाडौं - सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म  राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिताका संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्रसिंह थापाले प्रतियोगितामा पुरुष र महिलातर्फ फरक- फरक खेल हुने बताउनुभयो । 

सातवटै प्रदेश र थप तीन विभागीय टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको रहेको संयोजक थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो । 

आयोजकले सम्पूर्ण खेलप्रेमीलाई त्यस अवधिमा सुकुटे करिडोरमा आमन्त्रण गरेको छ ।