काठमाडौं - पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले एनपिएलको खेल तालिका सोमबार सार्बजनिक गरेको हो । तालिका अनुसार उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् ।
खेल तालिकाअनुसार यी दुई टोलीले मंसिर १५ गते खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सबा १२ बजे हुनेछ।
मंसिर १६ गते उपनिर्वाचन भएको कारण कुनै खेल हुनेछैनन्। मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्ने छन् भने दोस्रो खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्नेछ।
लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ। क्वालिफायरको खेल भने दिउँसो १:१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुनेछ। क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ।
यो खेल भने पुस ४ गते दिउँसो १२:१५ मा हुनेछ। यी दुईबीचको विजेताले क्वालिफायर १ को विजेतासँग पुस ६ गते खेल्ने फाइनल खेल्ने छ। फाइनल खेल दिउँसो १२:१५ मा हुनेछ।




0 comment