काठमाडौं — पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ । ढुंगानाको आज दिउसो २ वजे निधन भएको हो । 
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ढुंगानाको निधन भएको उनका आफन्त सुरज भट्टराईले जानकारी दिएका छन । 

भट्टराईका अनुसार ढुंगाना एक महिनादेखि बिरामी भएर अस्पतालमा उपचार गराइरहेका थिए । 

ढुंगानाले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए ।
ढुंगाना २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट उम्मेदवार भई पराजित भएका थिए । मिजासिलो स्वभाव भएका ढुंगानालाई प्रष्ट वक्ताको रुपमा समेत चिनिने गरिन्थ्यो ।