काठमाडौं - काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
प्रदेश ३- ०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोर अन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा भएको हो ।
दुर्घटनामा धादिङ खाग्री गाउँपालिका- १ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका- ६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट- ९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका- ७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका छन् ।
त्यस्तै, अन्य घाइतेमा आठबिसकोट- ११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका- ८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका- ५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड- १२ की २५ वर्षिया किसङकुमारी विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।
0 comment