वनस्पतिको वीउ अंकुरित हुने ,बिरुवा हुर्केने , फुल्ने , फल लाग्ने र अन्ततोगत्वा बोट मरेर जाने सम्मको अवधी या प्रक्रियालाई जीवन चक्र भनिन्छ । यसै परिर्वतनको वनस्पतिलाई तीन वर्गमा विभाजन गर्ने गरिएको छ ।
(१) एक वर्षीय
तुलसी, सयपत्री ,क्यामोमाइल, आदि वनस्पतिको जीवन चक्र एकै वर्षमा पूरा हुन्छ । यस्ता वनस्पतिको बीउ अंकुरित हुने , बिरुवा हुर्केने , फुल्ने , फल लाग्ने र अन्ततोगत्वा बोट मरेर जाने सम्मका विभिन्न चरणका जैविक घटनाक्रमहरु सोही वर्ष सम्पन्न भै सक्दछन् ।
(२) दुई वर्षीय
यस वर्षमा पर्ने वनस्पतिको जीवन चक्र दुई वर्षको अवधिपुगे पछि मात्रै पूरा हुन्छ । पहिलो बर्षमा विरुवा उम्रने , हुर्केर पात लाग्ने सम्मको अवस्था पुग्दछ भने दोस्रो वर्षमा बोटको अरु विस्तार भई फूल फूल्ने , फल लाग्ने र आखिरमा बोट मरेर जाने हुन्छ । यस्ता वनस्पतिको जीवन चक्र पुरा हुन यसको प्रजनन् हुनु अगावै चिसो मौसमी अवस्थाबाट गुज्रन पर्ने हुन्छ । धेरै किसिमको रोगहरुमा प्रयोग गर्न जडीबुटी चिराइतो यसको राम्रो उदाहरण हो ।
(३) बहु–वर्षीय
दुईवा दुईभन्दा बढी समय लगाएर जीवन चक्र पूरा गर्ने वनस्पतिलाई बहु–वर्षीय भनिन्छ । लामो समय लगाएर मानव जीवन चक्र पूरा गर्न वनस्पतिका काण्ड प्रायः कडा र सुरिला हुन्छन् तर कुनै कुनै वनस्पतिका काण्ड नरम पनि हुन्छन् । खास गरी झार वर्गका बहु–वर्षीय वनस्पतिले सामान्यता प्रतिकुल समयमा परिवर्तित काण्ड का रुपमा रहेर मोटो जरा ,ट्युबर र गानो मा नै आफूलाई सुरक्षित या सििमत राख्दछन् जमिनमुनि नै रहन्छन् । अनुकुल वातावरण तयार भएपछि विरुवाको वृद्धि हुन थाल्छ र फूल र फल लाग्दछन् ।यसरी नै आफनो जीवन चक्र पुरा गर्दछन् । तर कडा काण्ड भएकावनस्पतिको भने लहरा ,झाडी र ठुला रुखजस्ता जीवन स्वरुप हुन्छन् । अतिस ,गुर्जौ , अमला आदि यसै वर्गमा पर्दछन् ।
0 comment