काठमाडौं,
तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, ब्रुफिन १६ एम्पुल र फेनारगन १६ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३० ढुङ्गेपाटन बस्ने ३७ वर्षीय हरि बहादुर कुमाल र २० वर्षीय भरत कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौतारा समेतबाट खटिएको प्रहरीले खैरेनिटारबाट दुलेगौंडातर्फ जाँदै गरेको ग.१३ प २६२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेची नगरपालिका-१२ कालीझोडा बस्ने २७ वर्षीय पवन राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
0 comment