काठमाडौं - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका पथप्रदर्शक लालबहादुर तामाङको शव भेटिएको छ ।

काठमाडौंको सनराइज कम्पनीबाट मार्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए ।

सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएका थिए । हिजो बिहान हेलिकोप्टरबाट शव रहेको ठाउँ पत्ता लागेपछि दिउँसो शव निकाल्ने प्रयास गरिएपनि  निकाल्न भने सकिएन ।

शव अप्ठ्यारो स्थानमा भएकाले निकाल्न नसकिएपछि शव निकाल्न गएको शेर्पासहितको टोली होलिकोप्टरबाटै पोखरा फर्किएको बताईएको छ । आज फेरि शव निकाल्ने प्रयास गरिने बताईएको छ ।  

तामाङ सम्पर्कविहीन भएको स्थान समुद्री सतहदेखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको छ ।