काठमाडौं - कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पुर्व प्रदेशमन्त्री अधिकारी सहित मानव तस्करी गरेको आरोपमा दावा शेर्पा,जनक राई,कञ्चन देवकोटा,महेश पाण्डे, जुगल रिजाल,वीरबहादुर सुनार,गुड्डी राई र नविन राईलाई समेत ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनुभएको हो ।  फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर मानव तस्करी गरेको आरोप उनीहरुलाई लगाईएको छ ।

कार्तिक ११ गते  जापान गएका उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाटै डिपोर्ट गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा उनीहरुलाई अनुसन्धान गरिरहेको छ ।