काठमाडौं - यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले २१३  रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याएको कुवेत ४८ रनमा नै अल आउट भयो ।

नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिनले ४३ रनको अविजित इनिङ खेले । 

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

लिग चरणको अन्तिम खेलमा भोलि नेपालले यूएईको सामना गर्नेछ ।