काठमाडौं ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएपछि कमला ह्यारिसले हार स्वीकार्दै भनिन ‘शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्न तयार छौं । कमला ह्यारिसले निर्वाचनमा पराजित भएको सहज रुपमा आफूले स्वीकार गरेको बताइन । वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताएकी छन । आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दा जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिने पनि बताइन । 
ह्यारिसले भनिन्, मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन कदापी पाउने छैन । 
ह्यारिसले आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको पनि बताइन् । कमला ह्यारिसले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उल्लेख गरेपछि ट्रम्पले ह्वाइट हाउस फर्कनका लागि आफ्नो टोली चयनको काम सुरु गरेको जनाइएको छ । 
एजेन्सी