परिचय 

केही दशक अघि सम्म वनक्षेत्र वा अन्य वनस्पति क्षेत्रबाट जडिबुटी तथा सुगन्धित तेलयुक्त्त वनस्पतिको संकलन गरी औषधी निर्माण या निर्यात यस सम्बन्धीत गतिविधि या व्यवसायिक गरिन्थ्यो । तर यस्ता  क्षेत्रहरुबाट अत्यावधिक मात्रामा संकलन भै यिनीहरुको उपलब्धता घट्दै गएको छ । जडिबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिहरु पनि पारिस्थितक प्रणालीहरुकै अभिन्न अगं भएकाले समग्र वातावरणमा समेत प्रतिकुल अवसर पर्दै गइरहेको छ । यद्यपि खास खास स्थानहरुबाट जडिबुटी संकलन र निर्यातका कार्यहरु संचालित भै रहेता पनि मूल्यवान तथा उच्च माग भएका जडिबुटीहरुको व्यावसायिक खेती अपरिहार्य भैसकेकोले यस तर्फ पनि महत्वपूर्ण पाइलाहरु चालिएका छन् । यसैले जडिबुटीको खेती गरी जीवन निर्वाह गर्न खोज्ने अथवा व्यावसायिक रुपमा खेती गरी मनग्य आयआर्जन गर्न चाहने उद्यमीहरुका लागी खेती गर्नु पहिले धेरै कुराको जानकारी हुनु आवश्यक हुन जान्छ ,प्रारम्भिक रुपमा सबैभन्दा पहिले आफूले खेती गर्ने चाहेको बिरुवाका बारेमा विश्वस्त हुनु जरुरी छ ।

बिरुवाको छनोट

संक्षेपमा बिरुवाको छनोट गर्दा तल उल्लेखित विषयहरुमा ध्यान दिनु पर्दछ ।
*


►    बजार स्थित अस्थिर कस्तो छ , सुनिश्चित बजार छ छैन ,बढी बजार बाउ के मा छ, सोको जानकारी हुनु पर्दछ ।
►    स्थानीय रुपमा असल गुणस्तरको बीउ उपलब्ध हुन सक्छ  कि सक्दैन ,सो को सुनिश्चित हुनु पर्दछ ,र अन्यत्रबाट ल्याउनु पर्न  भएमा यी कुराहरुमा ख्याल राख्नुपर्दछ ।
►   बीउ धेरै पुरानो भै उर्वरा शक्ति हास्र भएको छ छैन,पत्ता लगाउनु पर्छ ।
►   खेती गर्दा प्रसारण गर्न गाह्रो ,सजिलो कस्तो छ ,उच्च प्राबिधिक ज्ञानको आवश्यकता भए नभएको बारेमा थाहा पाइ राख्नु पर्दछ । 
►   रोग लागेका धेरै बिरुवा नाश हुन सक्ने वा रोगको उपचार बारे सरल प्रविधि उपलब्ध छ छैन जानकारी हुनु पर्दछ । 
►   केही समय र थोरै जग्गाबाट राम्रो प्रतिफल दिन सक्ने नसक्ने बारे सरल प्रविधि उपलब्ध छ छैन जानकारी हुनु पर्दछ ,।
►    यस्ता बालीसगँ अन्य बाली साथ साथै लगाउन सकिने नसकिने बारे थाहा पाई राख्नु पर्दछ । 
उपरोक्त विषयका साथै जडीबुटीको खेती गर्दा विशेष रुपले ध्यान दिनु पर्न कुराहरुलाई तल विस्तारमा उल्लेख गरिएको छ । 

(१) हावापानी 

कृृषिबालीका रुपमा स्थापित भै सकेका जडीबुटी बाहेकका बिरुवामा खेती गर्दा अझ विशेष रुपले ध्यान दिनु जरुरी छ । प्राकृतिक अवस्थामा यो कस्तो प्रकारको हावापानी भएको ठाउँमा पाइने विरुवा हो । सोही अनुसारको हावापानी या पारिस्थित अवस्था अनुकुल गरि खेती गर्नु पर्न हुन्छ । नेपालको भौगालिक विविधता अनुसार विभिन्न जडिबुटीहरु विषम प्रकारका स्थानहरुमा हुर्की बढेका पाइन्छन् । यसैले भू–उचाई, मोहडा, सुख्खा लाग्ने नलाग्ने , हिउँ पर्ने नपर्ने, बाढी पहिरोले दुस्ख दिने नदिने जस्ता कुराहरुको विश्लेषण गर्नु पर्दछ ।

(२) माटो
जडिबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिको खेती गर्नेको लागी छनोट गरिएको ठाउँको माटोकुन प्रकारको छ ,यसमा खनिज तथा अन्य पोषण तत्वको संयोजन कस्तो छ , अम्लीय या क्षारीयना कस्तो छ र कुन कुन अनुपातमा पाइछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । साथै माटोमा जलीय तत्वको अशं, पानीलाई सोसेर राख्न सक्ने  क्षमता आदि गर्दा कस्तो कुराहरुले पनि निकै महत्व राख्दछ । माटोमा विभिन्न प्रकारका जैविक तथा रासायनिक मलको प्रयोग गर्दा कस्तो प्रकारको परिर्वतन आउँदछ त्यसले पनि खेती गर्नका निम्ति धेरै दिशा निर्देशन गर्दछ ।

(३) उपयुक्त जिनोटाईप
जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिबाट हुने उत्पादन त्यसको स्वस्थ प्रजाति मा निर्भर रहन्छन् । एउटै प्रजातिमा पनि विभिन्न उप–जातिहरु  हुन 
सक्ने हुनाले उपयुक्त प्रजाति तथा उप–प्रजातिको पहिचान गरी स्थापित नभएसम्म खेती गर्दा अपेक्षित लाभ हासिल गर्न सकिदैन । नेपालमा जिनोटाईपको छनोट गर्नका लागी खासै अनुसन्धान हुन नसकेकोले आशातीत सफलता प्राप्त हुन सकेको छैन ।

(४) खेती प्रविधि
जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिको खेती गर्नाले खेती प्रविधिको पूर्ण जानकारी हुन आवश्यक छ । बीउ अथवा बाली विस्तार गर्न बिरुवाको अगं राम्रो अवस्थाका र कीरा नलागेको मात्र प्रयोग गर्न पर्दछ । ठीकसगँ पहिचान गरिहेका बीउ अथवा रोपणा गर्न अगंहरु सवश्वस्त सा्रेतबाट मात्र खरिद गर्नु  पर्दछ । उपयुक्त समयमा नर्सरी व्याड तयार गर्ने ,बीउ अथवा रोपण गर्ने , बिरुवाका अशंहरु उपयुक्तत समयमा मात्र रोप्नुका साथै अनुकरण  अवधि र  अ.नु
करण प्रतिशतका बारे जानकारी राख्नुपर्दछ । फिल्ड स्थान्तरणमा जग्गा तयारी र पुन बेर्ना, रोपण गोडमेल एवंम रोग तथा त्यसको रोकथाम बारे पनि जानकारी आवश्यक पर्दछ ।

(५) सिचांई
जडीबुटी खेतीबाट राम्रो उत्पादन लिनका लागी आवश्यकता अनुसार सिंचाईको जरुरत छ । यसका लागी नजिकै खानेपानीका स्रोत हुनुपर्दछ । जडीबुटी खेतीका लागी पनि सफा र पिउन योग्य  पानी चाहिन्छ । पानीको स्रोत मागलाई परिपूर्ति गर्ने , पानी खेर जाने अवस्थालाई न्युनतम पार्ने र माटोमा जलवाष्पको मात्रा बढी हुन नदिन जसले ढुसी आदि समस्या ल्याउन सक्छन् । उपयुक्त सिंचाई प्रणालीको व्यवस्था गर्नुपर्दछ ।

(६) मल खादको प्रयोग
मल हाल्दा पुरानो पाकेको मल प्रयोग गर्नुपर्दछ र शहरमा निष्काशित र मानव विर्सजित मल प्रयोग गर्न हुदैन । राम्रोसगँ कुहाएर बनाएको पुरानो मल प्रयोग गर्न राम्रो हुन्छ । मलखादको प्रयोग गर्दा वातावरणमा अनुकुल अवस्था नआसोस् र उत्पादन पनि राम्रो होस् भन्ने कुरालाई पनि राम्ररी विचार गर्नू पर्दछ । साथै व्यापारिक उदेश्यले खेती गरिने प्रजातिका सम्बन्धमा रासायनिक मल प्रयोग गर्दा देशका विद्यमान नियम कानूनको प्रतिबद्धततालाई ख्याल गर्नुपर्दछ । त्यहाँ मलको बोरामा टाँसिएको र लेखिएको सुचनाले निर्दश गरे बमोजिम प्रयोग गर्नुपर्दछ । जस्तो कति मात्र हाल्ने ,कसरी सुरक्षित तवरको प्रयोग गर्न आदि बारे ।

(७) बाली सरंक्षण
बालीको सुरक्षा र प्रर्वधनका लागी आवश्यक भएको अवस्थामा बाहेक कृषि रसायनको प्रयोग गर्नु हुदैन । यसलाई न्युनमात्रमा मात्र प्रयोग गर्नुपर्दछ र यदि प्रयोग भएमा कुन प्रयोजनका लागी गरिएको हो भन्नेबारे अभिलेख राख्नुपर्दछ । रासायनिक किटनाशको प्रयोग लाभदायक कीराको उपयोग एकीकृत कीट व्यवस्थापन प्रविधिको विकल्पको रुपमा मात्र गरिनुपर्दछ । आवश्यक परेमा राष्ट्रिय स्तरका कृषि नियोजनसगँ निर्देशनका लागी परामर्श गर्नुपर्दछ । जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिलाई फाइदा पुयाउने जानकारी भएका विरुवाहरु मात्र सगँसगै लगाउनुपर्दछ ।

क्रमशः