काठमाडौं । 
अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा रिपब्लिकन उम्मेद्धार डोनाल्ड ट्रम्पको जित उन्मुख रहेको आन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । 
१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन । तर यो रिपब्लिकन समर्थकका लागि ठूलो खुसी हो । किनकी पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ । 
अमेरिकी राष्ट्रपति चुनावमा सात स्वीङ स्टेटलाई निर्णायक मानिएको थियो । ट्रम्पले सुरुमा नर्थ क्यारोलिना जिते । १६ इलेक्ट्रोरल भोट भएको यो राज्यमा २०२० को चुनावमा पनि ट्रम्प नै विजयी भएका थिए । फ्लोरिडामा भने उनले परिणाम उल्टाए ।
२०२० मा जो बोइडेनले जितेको यो राज्यमा यो पटक ट्रम्पले बाजी मारेका हुन । यहाँ पनि १६ इलेक्ट्रोरल भोट छ । एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको छ । फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वको ध्यान तान्ने अमेरिकी निर्वाचनलाई निकै महत्वका साथ हेरिएको पाइन्छ ।