काठमाडौं - अमेरिकामा राष्ट्रपति चयनका लागि भोलि निर्वाचन हुँदैछ ।
यसका लागि आज दुबै उमेद्वारहरु कमला ह्यारिस र डोनाल्ड ट्रम्प अन्तिम चुनावी अभियानमा सहभागी भइरहनुभएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा यसपटक तुलनात्मक रुपमा बढी प्रतिश्पर्धा देखिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन ।
केही साना राज्यहरुको मतका आधारमा निर्वाचन परिणाम भर पर्ने विश्लेषण गरिएको छ ।
आज राति ह्यारिस र ट्रम्पले आफ्ना मतदाताहरुलाई अन्तिम सन्देश मार्फत सम्बोधन गर्दैछन ।
डेमोक्रयाटिक उम्मेदवार कमला ह्यारिसले आज पेन्सिलभेनियामा अन्तिम चुनावी सभालाई सम्बोधन गर्दैहुनुहुन्छ भनेरिपब्लिकन नेता डोनाल्ड ट्रम्प पेन्सिलभेनिया सहित क्यारोलिना र मिचिगन राज्यहरुको चुनावी सभामा जानुभएको छ।
औपचारिक निर्वाचन भोलि हुने भएपनि साढे सात करोड अमेरिकीले अग्रिम रुपमा अनलाइनमार्फत मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।
अमेरिकामा नोभेम्बर पाँच तारिख अर्थात भोलि मुख्य निर्वाचन हुँदैछ ।
अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई मतका आधारमा 'इलेक्टोरल कलेज' भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्ने व्यवस्था छ ।
त्यहाँका ५० राज्य राज्यहरूलाई दिइएको कुल ५ सय ३८ मतभार मध्ये कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।।
0 comment