पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

ज्वालामुखीका कारण वरपरका गाउँहरूमा फायरबल र खरानी फैलाएको अधिकारीहरूले सोमबार बताएका छन् ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित १,७०३ मिटर (५,५८७- फिट) जुम्ल्याहा ज्वालामुखी माउन्ट लेवोतोबी लाकी-लाकी सोमबार मध्यरात अघि विष्फोट भएको थियो । अधिकारीहरूले राति नै धेरै गाउँहरू खाली गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

म सुतिरहेको थिएँ जब अचानक ओछ्यान दुई पटक हल्लायो, ​​कसैले हान्यो जस्तो लाग्यो। त्यसपछि मैले ज्वालामुखी विष्फोट भएको महसुस गरें, त्यसैले म बाहिर भागें, स्थानीय ३२ वर्षीय कपाल हर्मनस माइटले भनेका छन्।

मैले आगो निस्किरहेको देखेँ र तुरुन्तै भागे। जताततै खरानी र ढुङ्गा थिए। मेरो सैलुनमा पनि आगो लाग्यो र भित्रका सबै कुरा नष्ट भयो ।

देशको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै विष्फोटबाट १० हजार २९५ जना प्रभावित भएको बताए। उनले उद्धार गर्नेको सङ्ख्या अझै गणना भइरहेको पनि बताएका छन् ।

एएफपीले प्राप्त गरेको फुटेजमा ज्वालामुखी नजिकका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखाइएको छ।

एएफपीका अनुसार ज्वालामुखी नजिकैका पाँचवटा गाउँ खाली गरि हजारौं मानिसहरूलाई अन्यत्र शरण लिन बाध्य पारेको उल्लेख गरेको छ।

देशको ज्वालामुखी एजेन्सीले मध्यरातभन्दा ठीक अघि आइतबार बिहान १ः२७ बजे र त्यसपछि बिहान २ः ४८ मा क्रेटर विस्फोट भएको जनाएको छ।